मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रचण्डको प्रतिवेदनमाथि आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने

महमूद आलम खान 1132+ समाचार ( )
नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज २५ समूहले रिपोर्टिङ गर्दैछन् ।
१३ पौष २०७८, मङ्गलबार

काठमाडौं । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज २५ समूहले रिपोर्टिङ गर्दैछन् ।

सबै समूहका प्रतिनिधिले दिउँसो एक बजेदेखि राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम छ । प्रत्येक समूहका लिडरलाई १५ मिनेको समय दिइएको छ ।

अजा (बुधबार) २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । छलफलमा उठेको प्रश्नको अध्यक्षले जवाफ दिएपछि मात्र केन्द्रीय समिति चयन गर्ने तयारी छ ।

बन्दसत्र आज दिउँसो १ बजेबाट

महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ । आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार