हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को निष्पक्षता, पारदर्शिता र मानवअधिकारको सुनिश्चितताका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले हुम्ला जिल्लामा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँबाट हुम्ला पुगेको आयोगको टोलीले जिल्लाको समग्र निर्वाचन वातावरण, विगतका अनुभव र सम्भावित जोखिमको सूक्ष्म मूल्याङ्कन गर्दै सरोकारवाला निकायसँग संवाद गरेको हो । निर्वाचन पर्यवेक्षण तथा अनुगमनका क्रममा मंगलबार आयोगको टोलीले जिल्लामा खटिएका विभिन्न संघसंस्थाका पर्यवेक्षक तथा सञ्चारकर्मीहरूसँग प्रत्यक्ष छलफल गरेको जानकारी आयोगकी मानवअधिकार अधिकृत सुप्रिया गुप्ताले दिनुभयो ।