मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २२औं बर्षमा प्रवेश

महमूद आलम खान 1132+ समाचार ( )
देश भ्रष्टाचारमा रुमल्लिरहेको अवस्थामा बास जस्ता संस्थाहरु अगाडी आएर भ्रष्टाचार, बिकृती, बिसंगति बिरुद्ध थप सशक्त रुपमा लड्न आवश्यक रहेको उनको भनाई थियो ।
२४ मंगशिर २०७८, शुक्रबार

नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध देशब्यापी रुपमा क्रियाशिल संस्था आज देखि २१ बर्ष पुरा गरी २२औं बर्षमा प्रबेश गरेको छ । 

२१ बर्ष पुरा भएको अवसरमा आज बासले संस्थाको २१औं बार्षिकोत्सब समारोह नेपालगन्जमा भब्य रुपमा सम्पन्न गरेको छ । बार्षिकोत्सबलाई भब्यताका साथ मनाउदै संस्थाले विभिन्न सास्कृतीक कार्यक्रम, मन्तब्य, सम्मान लगायतका कार्यक्रमहरु गरेको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सब समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि डा. राणाले २१ बर्ष पुरा गर्दै गर्दा बास देश ब्यापी रुपमा भ्रष्टाचार बिरुद्धको अग्रणी संस्थाको रुपमा स्थापित भएकोमा बधाई ज्ञापन गरे । उनले भने बास देशभर परिचित भईसकेको छ नेपालगन्जमा बास नभए कस्तो होला भन्ने भईसकेको छ । देश भ्रष्टाचारमा रुमल्लिरहेको अवस्थामा बास जस्ता संस्थाहरु अगाडी आएर भ्रष्टाचार, बिकृती, बिसंगति बिरुद्ध थप सशक्त रुपमा लड्न आवश्यक रहेको उनको भनाई थियो । लामो समय देखि समाज सेवामा क्रियाशिल युवा संस्था बासले आगामी दिनमा देशभरी प्रभाव फैलाउन सफलहोस भन्ने शुभकामना ब्यक्त गरे । 

यसैगरी कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले राज्यको आर्थिक पारदर्शिताको पाटोमा बासको भूमिका महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा थप सशक्त रुपमा अगाडी बढोस भन्ने सुवेक्षा ब्यक्त गरे । यसैगरी बासका सल्लाहकार पूर्णलाल चुकेले भ्रखरै बामे सर्दै गरे देखि चिनेको संस्था बास अब दौड्दै अगाडी बढीरहेकाले कसैले पनि बासको पाईला रोक्न नसक्ने बताए । सुशासन र पारदर्शिता कायम गर्न बास सक्रिय रहेको बताउदै आगामी दिनमा थप सशक्तरुपमा अगाडी बड्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे । 

बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासले उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरेको छ । यसैगरी बासमा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ को रुपमा सम्मान गरेको छ । कोभिड १९ न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कोभिड हिरोको रुपमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश बाबु श्रेष्ठलाई सम्मान गरिएको छ । भने बासको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तराष्टिय दिवसको अवसरमा मंसिर २३ गते नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज वाकाथनमा सहयोग तथा सहकार्य गर्ने संस्था, निकाय तथा ब्यक्तिलाई सम्मान गरेको थियो । कार्यक्रममा बासका पूर्व स्वयम् सेवक संयोजकहरुलाई सम्मान गरिएको थियो । बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा र बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले गरेका थिए । 

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा सास्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी ३ सय बढीको सहभागिता रहेको थियो । 

बासका ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ र ३ ओटा शाखालाई उत्कृष्ट शाखा सम्मान प्रदान 

बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरु मध्ये कार्य सम्पादनको आधारमा ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ द्धारा सम्मानीत गरेको छ । 

बासका कार्यकारी निर्देशक नमस्कार शाहले उत्कृष्ट कर्मचारीको घोषणा गर्दै बासका निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक शोभा थापा मगर, हेल्पडेस्क सहजकर्ता शिब कुमार यादब र शोभा सुवेदी लाई उत्कृष्ट कर्मचारी २०७८ घोषणा गरेका थिए । सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा र बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । 

यसैगरी बार्षिकोत्सबको अवसरमा हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास रुपन्देही शाखा प्रथम हुन सफल भएको छ । यसैगरी बाँके शाखा द्धितिय र झापा शाखाले तृतीय स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार