मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

आफूहरुमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान छ - सिके राउत

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
जुन ठाउँमा मेरो नाम मात्रै लिन निषेध गरिएको थियो । त्यो ठाउँमा आज आफैं उभिएर बोल्न पाउँदा नौलो अनुभूति भइराखेको छ, लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई सम्मान गर्न चाहन्छु ।’
२५ पौष २०७९, सोमबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्र कान्त राउत (सिके राउत)ले संसद्का नवप्रवेशी दलमा आवेग मात्रै नभएर अग्रजप्रति सम्मानको भाव पनि भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राउतले आफूहरुमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीलाई स्वागत गर्दै हामीहरुमा आवेग रहेको भन्नुभएको छ। हामीसँग आवेग मात्रै होइन। अग्रजहरुप्रति सम्मान पनि छ ।’

प्रतिनिधि सभामा पहिलोपटक उभिराख्दा आफूलाई नौलो अनुभूति भइरहेको पनि बताए । ‘यो ठाउँमा उभिराख्दा नौलो अनुभूति भइराखेको छ । जुन ठाउँमा मेरो नाम मात्रै लिन निषेध गरिएको थियो । त्यो ठाउँमा आज आफैं उभिएर बोल्न पाउँदा नौलो अनुभूति भइराखेको छ, लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई सम्मान गर्न चाहन्छु ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रजहरुले गरेको योगदानको सम्मान गर्नुपर्ने बताए । राउतले देशको अखण्डताको रक्षाका लागि संघीयता आवश्यक रहेको बताए । उनले भने, ‘यो देशको अखण्डताको लागि पनि संघीयता आवश्यक छ भन्ने जीवित साक्षी प्रमाण म छु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार