मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

सांस्कृतिक महोत्सव सफल बनाउन जातीय संगठन बिच शुभकामना आदानप्रदान

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ लाई सफल पार्न नेपाल आदिवासी जनजाति महासंघका जातीय संगठनहरुले सामुहिक रुपमा सोमबार नेपालगन्ज बोैंद्द गुम्बमा एक कार्यक्रम गरि शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष डम्बर थापा मगरको सभा अध्यक्षमा भएको शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान कार्यक्रममा प्रमुख अतिथि नागरिक समाज बाँकेका अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघ बाकेका पुर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ , विशिष्ट अतिथि ब्यापारी संजय थापा , अतिथि , चेत बहादुर राना मगर, मिना पुन, मान सिङ पुन मगर, भुपेन्द्र पुन मगर, संगिता चोैंधरी, कृष्ण पुन मगर, दिपेन्द्र जोशी , जनक पहराई , सुन्दर गुरुङ , भगतराम चोैंधरी, गगन सिङ लगायतका जातीय संगठन पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

बृहत `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ तथा शुभ -दिपावली बिशेष शुभकामना आदन-प्रदान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कसरी हुन्छ मेला भव्य र सफल बनाउ कुनै कसर नछुट्याउने र जातीय भेषभुषामा आआफ्ना स्टलहरुमा जातीय भेषभुषा सहित उपस्थिति भएर आदिवासी जनजातिका पहिचान , भेेषभुषा , भाषा , संस्कृति जोगाई राख्न यो मेलामा हामीले ठुलो भुमिका खेल्नु पर्ने बताएका थिए । 

मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेलामा जनजातिका परिकार, भेषभुषा परम्परागत संस्कृतिको प्रदर्शन हुने भएको हुनाले अन्य मेला भन्दा फरक देखिने आयोजको भनाइ छ । सबै समुदायको कला, संस्कृति, भेषभुषा र परिकारहरुको स्वाद लिन सकिने भएको हुनाले अहिलेसम्मकै फरक खालको महोत्सव संचालन गर्ने सोच भएको महोत्सव मुल समितिले बताएको छ ।

भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिने र महोत्सवमा २५० स्टल रहने छन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृति सम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार