फत्तेपुर। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका झगरु थारु निर्वाचित भएका छन् । उनी १३४२ मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बालक राम थारुले १२७१ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका भोला थारुले ९७१ मत पाएका छन् ।
निर्वाचित भएका झगरु र कांग्रेसका भोला सहोदर दाजुभाइ हुन् भने निर्वाचित अध्यक्षका बालकराम भिनाजु हुन्।