मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

प्रेस सेन्टर नेपाल जानकी गाउँपालिकाको सम्मेलन सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२२ पौष २०८१, सोमबार

बाँके । प्रेस सेन्टर नेपाल जानकी गाउँपालिक बाँकेको प्रथम सम्मेलन सम्पन्न भएकाे हाे । 

सम्मेलनले जानकी गाउँपालिकाको अध्यक्षमा समिर शेष, उपाध्यक्षमा सुष्मा काँदु, गोबिन्द कुर्मी, सचिव मनोज कुमार तमोली, सहसचिव महेश यादव, कोषाध्यक्ष राजेश धोबि, सदस्यहरुमा क्रमश उमेशकुमार धोबी, कृष्ण बढही, बिजय कादुँ, इस्लाम भाट, अर्जुन,अजित यादव र संजय पासीको नेतृत्वमा सर्वसम्मत १२ सदस्य समिति चयन गरेकाे प्रेस सेन्टर नेपाला लुम्बिनी प्रदेशका सचिव एंव निर्वाचन समिति संयोजक आलम खानले जानकारी दिनु भयो । 

पालिका सम्मेलनलाई सम्बोधन गर्नुहुदैँ नेकपा (माओवादी केन्द्र) बाँकेका सचिव डिल्ली प्रसाद बरालले दलिय राजनीति वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली समाजले सवैभन्दा बढी विश्वास गर्ने प्रेस जगत नै हो, पत्रकारको आचरण खराव भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने छ ।’

वसन्तकुमार शर्माले जन पक्षीय पत्रकारितामा थप सशक्त भएर लाग्न आग्रह गर्नुभएको थियो ।

सम्मेलनमा बोल्दै निति तथा परामर्श समितिका सदस्य सुशील लामिछानेले प्रेस सेन्टर जनताको पक्षमा काम गर्ने एक मात्र सङ्गठन रहेको भन्दै थप सशक्त भएर पत्रकारितामा अघि बढ्न आग्रह गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य तारा खत्रीले पत्रकारको न्यूनतम हकहित र पत्रकारिता पेशालाई जिम्मेवार र जवाफदेही बनाउन प्रेस सेन्टर लागि परेको दावी गर्नु भयो । प्रेस सेन्टरलाई बलियो बनाउन अध्ययन र लेखन कार्यलाई जोड दिनुपर्ने उल्लेख गर्नु भयो । 

कार्यक्रममा प्रेस सेन्टर नेपालका नेता एबं नेपाल पत्रकार महासंघ प्रदेश प्रतिष्ठान समितिका नवनिर्वाचित सदस्य किस्मत अलि, माओवादी केन्द्र जानकी गाउँपालिकाका उपाध्यक्ष गोबिन्द बर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर नेपालले यही माघ १५ देखि १७ गते सम्म नवौँ राष्ट्रिय महाधिवेशन संघीय राजधानी काठमाडौंमा गर्दैछ । राष्ट्रिय महाधिवेशन अगावै पालिका, जिल्ला र प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएका कारण देशैभर सबै कमिटीहरूकाे अधिवेशन भइरहेकाे सचिव आलम खानले जानकारी दिनु भयो ।देश संघीय व्यवस्थामा प्रवेश गरे संगै सबै संघ संस्था संगठनहरू संघीय स्वरूपमा गएका छन् ।जनपक्षीय पत्रकारीताकाे वकालत गर्ने सेन्टर पालिका तहमा संगठन विस्तार गर्ने पत्रकारको पहिलाे संगठन हाे ।

प्रतिक्रिया

Rajesh Dhobi २२ पौष २०८१, सोमबार

Rajesh Dhobi

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार