मुख्य समाचार
पाँच पुस्ताको अन्याय: देविराम तिमिल्सिना नागरिकता विहीन | सङ्गीत स्वर सरगम आधारभुत ज्ञान पुस्तक बिमोचन | उपाधि जितेकामा क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई | संघीय निजामती विधेयकमा भएको तोडमोडबारे छानविन गर्न विशेष संसदीय समिति गठन हुने | किसानलाई ७०% अनुदानमा कृषि औजार वितरण, उत्पादनमा ठूलो फड्कोको आशा | बिदेश जाने युवालाई सीप सिकाउन खुल्यो एमएसभी ग्लोबल ट्रेनिङ सेन्टर | ‘प्रधानमन्त्रीकाे स्पेन भ्रमण देशको हित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण’ | गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध ३१ लाखको भ्रष्टाचार मुद्दा | बाँकेको बैजनाथमा जिल्लामै पहिलो ई-पालिका सेवा सुरु | रास्वपाले संसदीय छानबिन समिति गठनको माग गर्ने |

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पायो पूर्णता

यूथ टुडे समाचारदाता 2738+ समाचार ( )
२८ माघ २०८१, सोमबार

बाँके । बाँकेको नेपालगञ्जमा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पूर्णता पाएको छ । मस्जिदका निर्वातमान अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजिनामा दिए पछि लामो समय देखि नेतृत्व विहिन रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा तदर्थ समितिका अध्यक्ष एंव वडा नं. ३ का अध्यक्ष समेत रहेका अयुब सिद्धिकिले ८ महिना सम्म निर्वाचन गराउन नसके पछि मुस्लिमहरु आन्दोलित हुदै आएका थिए । 

मुस्लिमहरुले निरन्तर आन्दोलन गरे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकबाट संस्था ऐन २०३४ को अधिनमा रही रहमान मियाँको अध्यक्षतामा १७ सदस्य समिति गठन गरेको छ । 

असन्तुष्ट पक्ष र राजनितिक दलका नेताहरुको रोहबर बसेको सर्वपक्षीय बैठकले समितिलाई पूर्णता दिएको हो । पूर्णता पाएको समितिमा अध्यक्षमा रहमान मियाँ, उपाध्यक्षमा रौनक अली इद्रिसी, महासचिव ऐनुद्दीन अन्सारी, सहसचिव अब्दुल अजीज काजी अन्सारी,कोषाध्यक्षमा मोहम्मद हुसेन हलवाई सर्वसम्मत छानिएका छन् ।

त्यस्तै सदस्यहरुमा आलम खान,मोहम्मद सरिफ बागवान,अब्दुल गफ्फार खाँ (चाँद), हाजी यासीन, निजाम अली इद्रिसी, कारी सगीर खाँ, रहिस हल्वाई, सुफियान सल्मानी, सहबुद्दीन हल्वाई, इसहाक सिद्धिकि,सगीर खाँ र सलाहुद्दीन हलवाई रहेका छन् । यसाेगरि समितिको बरिष्ठ सल्लाहकारमा सैयद रिहान मियाँ, कानुन सल्लाहकारमा अधिवक्ता जमालुद्दीन अन्सारी र आर्थिक सल्लाहकारमा सिए मोहशीन खानलाई नियुक्त गरिएको अध्यक्ष मियाँले जानकारी दिनु भयो । 

समितिले पूर्णता पाएपछि मस्जिदको संरक्षण, प्रवद्र्धन गर्न र भेटीघाटीलाई पारदर्शी हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत बिनिता यादवले विश्वास व्यक्त गरिन् । मस्जिदमा विगतमा भएको अनियमिताका विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेले छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार