दैलेख । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष तथा पुर्व संघीय खानेपानी मन्त्री एवं उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानले दैलेख जिल्ला स्थित भैरवी गाउँपालिका १ मा रहेको नेपालकै एक मात्र पेट्रोलियम अन्वेषणको कामबारे स्थलगत अनुगमन गर्नु भएको छ ।
पेट्रोलियम पदार्थ उत्खननस्थलमा सभापति खान पुगे पछि स्थानीयले खुशी व्यक्त गरेका छन् । स्थानीयले भने, ‘यहाँँ पेट्रोलियम पदार्थ उत्खनन कार्य सूरु भएको छ, चार किमी गहिराईसम्म अन्वेषण गरेर पेट्रोल निस्किदैँछ भन्ने थाहा पाएका छौँ, आफ्नै ठाउँमा पेट्रोल निस्किदैँछ हामी औधी खुशी छौँ, कामको अवस्था बुझ्न आउनुभएका पूर्वमन्त्री एवम् उधोग सभापति खानलाई स्वागत गर्न पाउँदा झनै खुशी भयौँ ।’
पञ्चकोशी तीर्थस्थल अन्तर्गत सदियौँदेखि ज्वाला बलिरहेको श्रीस्थान मन्दिरको दर्शन गरेपछि पेट्रोलियम पदार्थ उत्खननस्थल पुग्नु भएका सभापति खानले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताउनुभयो । खानले पेट्रोलियम पदार्थको उत्खनन कार्य तीब्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिनु भएको थियो ।
सभापति खानले भन्नुभयो, ‘दैलेख ऐतिहासिक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो,’देशलार्ई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो हिस्सा ओगट्ने खानको भनाइ थियो।
सभापति खान संगै नेपाली काँग्रेसबाट निर्वाचित भैरवी गाउपालिकाका उपाध्यक्ष देवी भण्डारी, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य फजिर बक्स लगायतको सहभागिता रहेको सभापति खानका निजि सचिव अतिउल्ला मुसलमानले जानकारी दिनुभयो ।