मुख्य समाचार
विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक | बास नेपालको २४ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न | भ्रष्टाचार बिरुद्ध चौथो नेपालगन्ज वाकाथन भव्यताका साथ सम्पन्न | ठेकेदारको लापरबाहीले नरैनापुरको प्रशासकीय भवन अलपत्र | रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति | अस्पतालमा बिग्रिएका ३ सयभन्दा बढी स्वास्थ्य उपकरण आविष्कार केन्द्रले बनायो | मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने | पत्रकार महासंघ निर्वाचन ः रमेश विष्टको प्यानलको यस्तो छ प्रतिबद्धता | नेपालगन्ज वाकाथनको चौथो संकरणको तयारी पुरा | नेपाल पत्रकार महासंघमा रोचक भीडन्त : गठबन्धनमा भाँडभैलो र स्वतन्त्र उम्मेदवारीको चुनौती |
मुख्य समाचार
विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री लेखक | बास नेपालको २४ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न | भ्रष्टाचार बिरुद्ध चौथो नेपालगन्ज वाकाथन भव्यताका साथ सम्पन्न | ठेकेदारको लापरबाहीले नरैनापुरको प्रशासकीय भवन अलपत्र | रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति | अस्पतालमा बिग्रिएका ३ सयभन्दा बढी स्वास्थ्य उपकरण आविष्कार केन्द्रले बनायो | मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने | पत्रकार महासंघ निर्वाचन ः रमेश विष्टको प्यानलको यस्तो छ प्रतिबद्धता | नेपालगन्ज वाकाथनको चौथो संकरणको तयारी पुरा | नेपाल पत्रकार महासंघमा रोचक भीडन्त : गठबन्धनमा भाँडभैलो र स्वतन्त्र उम्मेदवारीको चुनौती |


अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङगीमैत्री भवन निर्माण गर्न माग

महमूद आलम खान 1131+ समाचार ( )
सरकारी भवनहरु निर्माण गर्दा अपाङ्गता मैत्री बनाउनु पर्ने भवन आचार सहिंतामा उल्लेख गरिएपनि अधिकांस भवन÷संरचनाहरु सो अनरुप नभएको पाइएको छ
१४ पौष २०७८, बुधवार

नेपालगञ्ज । अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङगीमैत्री भवन संरचना निर्माणका लागि संवाद सहजीकरण बढाइएको छ । विवाद, द्धन्द्ध र सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै आएको संवाद समूह, बाँकेले अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङगीमैत्री भवन संरचना निर्माणको लागि सरोकारवालासँग संवाद सहजीकरण बढाएको हो । 

सरकारी भवनहरु निर्माण गर्दा अपाङ्गता मैत्री बनाउनु पर्ने भवन आचार सहिंतामा उल्लेख गरिएपनि अधिकांस भवन÷संरचनाहरु सो अनरुप नभएको पाइएको छ । अपाङ्गतामैत्री भवन निर्माण नहुदा अनेकन समस्या व्यवहोर्न बाध्य हुनु परिरहेको  परिस्थितीकाबीच समूहले बुधबार नेपालगञ्जमा सम्वद्ध सरोकार अधिकारीसँग अन्तरसंवाद गरेको हो । 

 “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९” मा सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुल्ला गरिएका व्यावसायिक तथा आवासीय भवन, होटल तथा रेष्टुरेण्ट, एटिएम बैंकिङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त स्याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेल समेतको व्यवस्था गरि भौतिक संरचनाका साथै अपाङ्गता भएका व्यक्तिका लागि सूचना सेवामा समेत पहुँच अभिबृद्धि गर्ने व्यवस्था उल्लेख गरिएको छ । सम्वद्ध सरकारी कार्यालय, गाँउपालिकाको कार्यालय तथा नगरपालिकाको कार्यालयहरुले नक्शा पास तथा इष्टिमेटहरु गर्दा भवन सहिंता प्रभावकारी कार्यान्वयन नगरेपछि सरोकारवालाबीचको समन्वय र संवादमार्फत दवाव सिर्जना गरिएको हो ।  

जनप्रतिनीधी, भवन निर्माण सरोकार निकायका अधिकारी, अपाङ्गता, बालबालिका क्षेत्रका प्रमुख÷प्रतिनीधी, अधिकारकर्मी, निर्माण व्यवसायी, संवादकर्ता  लगायतको सहभागिता रहेको अन्तर संवाद वैठकमा सहभागी अधिकांसले भवन संहीता कार्यान्वयनमा तदारुकता नदेखाइनुले अपाङगमैत्री भवन निर्माणमा समस्या देखीएको बताएका थिए । 

संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनीयर सुदिप झाले अपाङ्गतामैत्री भवन निर्माणमा कानूनी र प्राविधिक समस्या भन्दा सकरात्मक साेंचको अभाव नै प्रमुख समस्याका रुपमा रहेको बताउनु भयो । भवन सहिंता कार्यान्वयनमा सरोकार सवै पक्ष जिम्मेवार बन्नु पर्नेमा उहाँको जोड थियो । 

नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनीयर सुरज शर्माले भवन सहिंता अनीवार्य लागु गर्नु पर्ने बाध्यात्मक स्थिती नहँुदा सम्म समस्या यथावतै रहन सक्ने चुनौती ते¥स्याउनु भयो । इन्जिनीयर शर्माले पछिल्लो चरण उपमहानगरपालिकाले संरचना निर्माण गर्दा अपाङ्गता,  बालबालिकामैत्री संरचना निर्माणलाई प्राथमिकता दिएको दावी गर्नु भयो । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले अपाङ्गतामैत्री भवन निर्माणमा प्राविधिकहरु नै जिम्मेवार र प्रतिवद्ध हुनु पर्ने आवश्यक्ता औल्याउनु भयो । खजुरा गाउपालिकाकी उपाध्यक्ष एकमाया विकले सरकारी नियामानुसार कम वजेटमा संरचना निर्माण गर्नु पर्दा मैत्रीपूर्ण भवन निर्माणमा समस्या देखीएको यथार्थता व्यक्त गर्नु भयो ।  राष्ट्रिय अपाङ महासंघका सचिव भावुकजंग थापाले उपमहानगरपालिका लगायत सरकारी कार्यालयले अपाङ मैत्री संरचनामा संवेदनशीलता नअपनाउदा दिर्घकालीन रुपमै समस्या उत्पन्न भइरहेको जीकीर गर्नु भयो । 

तेस्रो लींगी प्रतिनीधी शिला गुरुङले कुनै पनि भवन र संरचनामा सबैको सहज पहुँच हुनुपर्ने अधिकार भएपनि तेस्रो लींगीहरुलाई त कुन शौचालय जाने भन्ने नै द्धिवीद्धा र समस्या भइरहेको बताउनु भयो । कार्यक्रमको उद्येश्य र महत्वमाथि संवाद समूह सदस्य तथा अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नु भएको थियो भने सुशासनकर्मी नमस्कार शाहले धन्यवादज्ञापन गर्नु भएको थियो । संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा जिल्ला बाल क्लव सञ्जाल अध्यक्ष मेनुका रावत लगायत १५ जनाको सहभागिता रहेको थियो ।  समूहका तर्फबाट अपाङ्गतामैत्री संरचना निर्माणमा निरन्तर संवाद सहजीकरण गरिने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार