मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |
मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |


बाँकेका बालबालिकामा कुपोषणको समस्या बढ्दै

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

बाँके । बालबालिकाको कुपोषण सुधारको लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन् । बर्सेनी ठूलो धनराशी कुपोषण सुधारको क्षेत्रमा खर्च गरिए पनि बालबालिकाको कुपोषण दर भने घट्न सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार ०७८÷०७९ मा १ हजार ५६ जना २ वर्षमुनिका बालबालिका कुपोषित थिए । आव ०७९÷०८० मा १ हजार ४ सय १९ बच्चाहरूमा कुपोषण देखिएको थियो । ०८०÷०८१ मा १ हजार ३ सय १० बालबालिकामा कुपोषण देखिएको तथ्यांक छ ।  

संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो, अझै पनि पाखुराको जाँच लिने क्रममा कुपोषित बालबालिकाहरू भेटिरहेका छन् ।  स्थानीय तहहरुसँग मिलेर विभिन्न संघसंस्थाले पनि पोषण सुधारको लागि काम गर्दै आएका छन् । पोषण सुधारको उपलब्धी भने शून्यप्रायः छ ।

ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन् । पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन् । समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन् । स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाँउपालिका,नरैनापुर गाँउपालिका सहित नेपालगंज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढी छ । गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको डुडुवामा कार्यरत बरिष्ट अनमी सिमा घर्तिमगर खानले बताउनु भयो ।

घरमै उपलब्ध हुने पोषिलो खाना नखाएकै कारण शारीरिक वृद्धि विकास हुन नसकेको नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनु भयो । उहाँले भन्नुभयो, नरैनापुरमा २०७९÷८० मा २ सय ६ रहेका थिए भने गत आव मा २ सय ९७ पुगेको बताउदै उहाँले भन्नुभयो, विकट क्षेत्रका बालबालिकामा कुपोषण हुनु गरिबी संगै चेतनाको कमी नै मुख्य कारण देखिएको छ ।

संयोजक शाहले भन्नुभयो,‘अभिभावकहरु बिहानदेखि अबेर रातीसम्म खेतबारीमा काम गर्न जाने गर्छन्,’ ‘बालबालिकालाई रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यताका कारण पोषिलो खाना खान नपाएकोले बच्चाहरु कुपोषित भईरहेको जिकिर गर्नु भयो । 

पोषणबारे चेतनाकै कमी कै कारण स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको छैन। स्थानीयस्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका बरिष्ठ अनमी सिमा घर्तिमगर खानले बताउनु भयो । उहाँले भन्नुभयो,“पोषणको बारेमा जानकारी पाएकाहरुले नै व्यवहार परिवर्तन गर्न सकेका छैनन् ।”

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायका अनुसार राप्ती सोनारीमा १ सय १५, कोहलपुरमा ५१, बैजनाथमा १ सय ४, खजुरामा १ सय २, जानकीमा, ३ सय ९९,  नेपालगंजमा १ सय ४१, डुडुवामा १ सय १ र नरैनापुरमा २ सय ७९ जना बालबालिकामा कुपोषण पुष्टि भएको जानकारी दिनु भयो ।

भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको डुडुवाका स्वास्थ्य संयोजक हेमन्त शर्माले ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेका छन् । जस कारण बालबालिकालाई कुपोषण हुने गर्दछन्  । डुडुवाले बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउनका लागि बिशेष कार्यक्रम लागु गरेकोले आउने दिनहरुमा केही हद सम्म सुधार ल्याउन मद्दत पुग्ने बताउनु भयो । गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुषोषणमा कमी ल्याउने काम सुरु गर्न लागेको संयोजक शर्माको भनाई थियो । 

वरिष्ठ बालरोग विशेषज्ञ डा सकिल अहमदले गरिबी निवारण नगरी कुपोषण निको नहुने बताउनु भयो । ‘कम उमेरका आमाबाट जन्मेका बच्चा एकदेखि दुई किलो तौलका मात्र हुन्छन् । आमाले बच्चालाई समयमा स्तनपान गर्न नसक्दा पनि कुपोषणले ठूलो रूप लिएको छ,’ उहाँको भनाई थियो ।

सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम अझै पुग्न सकेको छैन । विभिन्न गैरसकारकारी संस्थाहरु ग्रामीण क्षेत्रको नाम देखाएर सदरमुकाम केन्द्रीत भएर काम गरी रहेकोले पनि सुधारात्मक परिणाम ल्याउन नसकेको स्वास्थ्य कार्यालय बाँकेको निष्र्कष रहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार