काठमाडौं । प्रतिनिधिसभा बैठकबाट संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक फिर्ताको प्रस्ताव निर्णयार्ध प्रस्तुत गर्दा बहुमत सांसदले विधेयक फिर्तामा स्वीकृती जनाएसँगै प्रतस्ताव बहुमतले स्वीकृत भएको हो । उक्त प्रस्तावको विपक्षमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अको बैठक असोज २५ गते सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
