मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

पाँच जना डिआइजी एआईजीमा सिफारिस

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
बढुवा सिफारिसको सूचीअनुसार पहिलो नम्बरमा वसन्त कुँवर छन् भने दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् ।
२६ फाल्गुन २०७९, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा सिफारिस भएका छन् । रिक्त रहेको पाँच एआईजीका लागि गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार उनीहरुलाई सिफारिस गरेकाे हाे । 

बढुवा सिफारिसको सूचीअनुसार पहिलो नम्बरमा वसन्त कुँवर छन् भने दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् ।

यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि कुवँर पहिलो र राई दोस्रोमा थिए । चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए । तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक–एक स्थान उक्लिएका हुन् ।

बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने पाँच जनामध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ ।

विगतमा वरियता वा ज्येष्ठताको पहिलो नम्बरमा रहेकालाई आईजीपी बनाउने गरिएको पनि अघिल्लो आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतले त्यसलाई तजविजि अधिकारका रुपमा ब्याख्या गरेको थियो । सर्वोच्च अदालतको उक्त पछिल्लो फैसलाअनुसार एआईजीमा बढुवा हुने पाँचै जना आईजीपीको दावेदार हुन् ।

अहिलेका आईजीपी धिरजप्रताप सिंहले आगामी चैत १० गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार