बाँके । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सेवासुविधा प्रभावित भएपछि स्वास्थ्यका कर्मचारीहरुले आज देखि स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीलाई दिदै आएको सबै सुविधा दिन नसके पनि स्वास्थ्य सेवा ठप्प भएको छ ।
सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन् । गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत कार्यरत सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराउदा पनि आफ्नो मागको सुनुवाइ नभए पछि आज देखि गाँउपालिकामा तालबन्दी गर्न बाध्यएका भएको स्वास्थ्य संयोजक धन बहादुर बुढाले बताउनु भयो ।
तलब भत्ताको व्यवस्था नभएपछि ८४ जना स्वास्थ्यकर्मीहरुद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाइएको थियो । चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ ।
अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो । कर्मचारीहरुले तलब नपाउदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारी हेमन्त शर्माले बताउनुभयो । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन । केही दिन अघि शिक्षकहरुको समुहले ध्यानाकषर्ण गराएको थियो ।
नेपाल शिक्षक महासंघ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलव भत्ता तथा छात्रवृत्ती, दिवाखाजा जस्ता नियमित वजेट विद्यालयमा २०७९ श्रावण महिनादेखि निकाशा नभएको र सो को कारण शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलव नपाएको र विद्यालयका दैनिक कामकाजहरुमा अत्यन्तै कठिन स्थिति सृजना भएकोले सोको पहलका लागि आग्रह गरिएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उहाँले भन्नुभयो “विपक्षीहरुले गाउँपालिकालाई बन्धक बनाएका छन, निकास नदिंदा अहिले उपचार नपाएर पशुपन्छी मरिरहेका छन, स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन, कर्मचारीले तलब भत्ता पाएका छैनन, ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन यसको जिम्मेवारी कसले लिने ?
” जनताका सेवा गर्ने प्रतिबद्धताका साथ निर्वाचित जनप्रतिनिधीहरु अहिले आएर बहुमतको दम्भ देखाएर गाउँसभा नै गर्न नदिएको यो कहासम्मको नैतिकता भएको उहाँले प्रश्न गनुभयो अध्यक्ष चौधरीले आफु अनुकुल र कानून विपरितको निर्णय गर्न लगाउने कार्य गलत भएकोले र जनताको विपक्षमा गएर कहिले पनि गलत निर्णय नलिने स्पष्ट पार्नुभयो । समयमा गाउँसभा नभएर संघिय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ ।
यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डरप्रक्रिया समेत अवरुद्ध हुदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ ।
यता मानव अधिकारबादी संस्था मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)का अध्यक्ष आलम खानले सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट डुडुवा गाउँपालिका बाँकेको अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्नरनगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको छ। स्वास्थ्य संस्थाहरुमा प्रयाप्त औषधि र कर्मचारीहरुलाई अबिलम्ब तलबको व्यवस्था गरि स्वास्थ्य सेवा सुचारु गराउन अपिल गर्नु भयो।
अध्यक्ष खानले अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य प्रचलित नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्त मौलिक हक तथा उपभोक्ताको हकसम्बन्धी सर्वमान्य सिद्धान्त र प्रचलित कानून विपरीत भएको हुँदा यस्ता कार्यबाट आमनागरिकको स्वास्थ्यसम्बन्धी अधिकार कुण्ठित हुन गएको पाइएको छ । स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्दका कारणले डुडुवाका हजारौँ मानिसको जीवन जोखिममा पर्नसक्ने तर्फ सचेत भई स्वास्थ्य संस्थाहरुमा तत्काल प्रयाप्त औषधीको व्यवस्था र कर्मचारीहरुलाई तलबकोृ व्यवस्था गरी विरोधका कार्यक्रमहरु फिर्ता लिनका लागि पहल गर्न सम्बन्धीत पक्ष संग अपिल गर्नु भयो ।
यसैगरी डुडुवा गाँउपालिका वडा नं. ६ का अध्यक्ष मोहन मिश्राले कर्मचारीहरुको आन्दोलनमा एक्याबद्धता जनाउदै स्वास्थ्य जस्तो अति सम्बेदनशील सेवा बन्द गर्न नहुने बताउदै तत्काल औषधी लगायत कर्मचारीहरुको मागलाई समयमा सम्बोधन गराउन तर्फ पहल गरी दिन सामाजिक संजाल मार्फत माग गर्नु भयो ।