बाँके । बाँकेको कोहलपुर नगरपालिकाका नवनिर्वाचित मेयर पूर्ण प्रसाद आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश खडानन्द तिवारीले आचार्यलाई बाँके जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
मेयर आचार्यले आजै उपमेयर संगिता सुवेदीसहित वडा अध्यक्ष र सदस्यहरुलाई सपथ खुवाउनेछन् ।