मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बैजनाथमा ५५ लाखको लागतमा ४ कोठे नयाँ भवनको शिलन्यास

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

बाँके । बैजनाथ गाउँपालिका–१ चिसापानीमा रहेको जनजागरण आधारभूत विद्यालयमा ५५ लाखको लागतमा ४ कोठे नयाँ भवनको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले शिलान्यास गर्नुभएको छ । 

स्थानिय तहमा विगत दशकदेखि शैक्षिक पूर्वाधारको कमीले पिरोलिएको क्षेत्रमा अब गुणस्तरीय शिक्षाको आधार तयार हुँदैछ ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको नेतृत्वमा शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण अनुदान कार्यक्रमअन्तर्गत उक्त भवन निर्माणको सुरुवात भएको गाउँपालिकाले जनाएको छ ।

शिलान्यास कार्यक्रमको क्रममा अध्यक्ष शाहीले शिक्षा क्षेत्रमा भवनको महत्वबारे आफ्नो भनाइ राख्दै भन्नुभयो, “शिक्षा भनेको केवल अक्षर चिनाउने काम मात्र होइन, यो समाज परिवर्तनको माध्यम हो। जब विद्यार्थीहरुले राम्रो शैक्षिक वातावरणमा पढ्न पाउँछन्, तब मात्र तिनीहरूभित्रको सम्भावना उजागर हुन्छ। हामीले आज जसको शिलान्यास गर्यौं, त्यो केवल इँटापत्थरको संरचना होइन, यो भविष्य निर्माणको पाटो हो ।”

उहाँले भन्नुभयो, “हिजोका दिनमा यस विद्यालयले जुन समस्याहरू भोग्नुपर्‍यो, त्यसले हामीलाई धेरै कुरा सिकायो। त्यसैले आज हामी शैक्षिक क्रान्तिको यो अभियानमा एक कदम अघि बढेका छौं। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अबको यात्रा अझ सशक्त र संगठित हुनेछ ।”

स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, तथा समुदायका अग्रजहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा शैक्षिक भावनाले ओतप्रोत वातावरण देखिएको थियो  । 

जनजागरण आधारभूत विद्यालय विगत १० वर्षदेखि उचित पूर्वाधारको अभावमा सेवा दिँदै आएको छ । अब चार कोठे भवनको निर्माणपछि शिक्षण सिकाइमा सहजता आउनेछ र विद्यार्थीको उपस्थितिमा समेत सुधार आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार