मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

अपराध नियन्त्रण गर्न सरकार कटिबद्ध छ : गृहमन्त्री लेखक

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
३ पौष २०८१, बुधवार

रुपन्देही । गृहमन्त्री रमेश लेखकले सरकार चोरी तस्करी र अपराध नियन्त्रणमा सदैव कटिबद्ध रहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले पछिल्लो समयमा नयाँ नयाँ खालको अपराधहरू बढ्दै जान थालेकाले नियन्त्रणका लागि यसतर्फ सजग हुन जरुरी भएको बताउनुभयो । उहाँले, लागुऔषध, आत्महत्या, सवारी दुर्घटना, मानव तस्करी, कुटपिट, यौनजन्य हिंसा जस्ता पुराना खालका अपराधसँगै वित्तीय र प्रविधिको प्रयोगबाट हुने अपराध पनि बढ्न थालेकाले त्यसलाई नियन्त्रण गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

लोकतन्त्रमा कानुनको परिधिमा रहेर र मर्यादामा रहेर अरूको स्वच्छ आलोचना गर्न पाइने भए पनि कपोकल्पित धारणा बनाएर अरूको चरित्रहत्या गर्ने, धार्मिक सामाजिक विखण्डन ल्याउने जस्ता अपराध बढ्न थालेकाले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नु पर्ने उहाँले बताउनुभयो ।

‘समाजलाई दूषित पार्ने काममा संलग्नसँग कुनै पनि सम्झौता हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा विधिले शासन गर्ने हो, भिडले होइन ।’ पछिल्लो समयमा चेक बाउन्स लगायतका वित्तीय अपराध बढेको उहाँको भनाइ थियो ।  पछिल्लो समय साइबर अपराध पनि बढिरहेको जनाउँदै यसलाई निस्तेज पार्न सुरक्षा अधिकारीलाई ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार