मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सकाे ए–३३० वाइडबडी जहाज अवतरण

Youth Today News 1+ समाचार ( )
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाज सफल अवतरण भएकाे छ ।
१५ वैशाख २०७९, बिहीबार

रिया बस्नेत क्षेत्री 

बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाज सफल अवतरण भएकाे छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको उक्त बिमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अवतरण भएकाे छ । ३ बजे उडान भर्ने भनिए पनि केही प्राबिधिक कारणले गर्दा उडानमा केहि समय ढिलाई भएकाे थियाे काठमाडौंबाट अपराह्न ५ बजे उडेको विमान २७ मिनेटमा भैरहवा विमानस्थल पुगेकाे थियाे । 

जहाज विमानस्थलको एक फन्को मारेर मात्रै अवतरण गरेको थियो। तर रनवेमा मोड्न खोज्दा नमोडिएपछि करिब आधा घण्टा यतिकै बित्यो। सो क्रममा ह्यांगर ल्याएर तानेपछि मात्रै रनवेमा वाइडबडी मोडिएको थियो। भर्खरै तयार भएको विमानस्थलमा निगमको २७४ सिटे वाइडबडीले आज परीक्षण उडान गरेको हो।

सन २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सम्झौता भएकोमा, भुकम्प तथा चिनिया निर्माण कम्पनी र नेपाली सप्लायर्सका बिच बिवाद हुदा लम्विएको थियो।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो।

पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। धावनमार्गको लम्वाई ३ हजार मिटर र चौडाई ४५ मिटर मिटर रहेको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्द प्रसाद दाहाल वाईडवडी जहाजले सफल परिक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए।

विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्ता देखि संचालनमा आइसकेको छ। पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रुपमा प्रयोग गरिएको छ। अहिले आन्तारिक तर्फबाट उडानहरु नयाँ धावनमार्गबाटै भइरहेका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत बैशाख ८ गतेदेखि आन्तरिक रुपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित तथा ब्यवसायीक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ।

कुवेती जहाज कम्पनी जजिरा एयरवेजले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो। उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ। त्यस्तै यस्तै अन्य वायुसेवा कम्पनीहरुले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ । यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार