काठमाडौँ . नेपालमा फेरी कोरोना भाईरस संक्रमितको संख्यामा बृद्धि हुदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । ८ हजार २७२ जनाको पीसीआर र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
आज गरिएको पीसीआर परीक्षणबाट ५७२ र एन्टिजेन परीक्षणबाट ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितमध्ये अधिकांश भारतबाट नेपाल भित्रिएका व्यक्ति रहेका मन्त्रालयले जानकारी दिएको छ ।
साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सुन्य रहेको छ । आज कोरानाका कारण देशभर कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या भने ११ हजार ६०२ पुगेको छ ।
भने पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी २६२ जना संक्रम मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । देशभर हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।