मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |
मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |


सुनापाती गाउँपालिका, कसले मार्ला बाजी ?

महमूद आलम खान 1131+ समाचार ( )
सुनापाती गाउँपालिका रामेछाप जिल्लाको पश्चिमी क्षेत्र काभ्रे जिल्लाको सिमानासम्म फैलिएको पालिका हो । साँच्चिकै भन्नुपर्दा, यो पालिका वामपन्थी आधारभूमि क्षेत्र हो
१७ वैशाख २०७९, शनिबार

सूर्य सुवेदी 

रामेछाप । सुनापाती गाउँपालिका रामेछाप जिल्लाको पश्चिमी क्षेत्र काभ्रे जिल्लाको सिमानासम्म फैलिएको पालिका हो । साँच्चिकै भन्नुपर्दा, यो पालिका वामपन्थी आधारभूमि क्षेत्र हो । वामपन्थीमा पनि माओवादी र तत्कालीन संयुक्त जनमोर्चा (हाल माओवादी) को पकड भएको क्षेत्र हो।

यो गाउँपालिकामा जम्मा ५ वडाहरु छन् । गत २०७४ सालको स्थानीय निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ४ वडा नेकपा (माओवादी केन्द्र) ले जितेको थियो भने एउटा वडा (वडा नम्बर ४) मा माओवादी केन्द्रकै बागी उम्मेदवार बनेका खड्गबहादुर घिसिङले चुनाव जितेका थिए ।

२०७४ मा यस सुनापाती  

गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले कुनै पनि वडा जित्न सफल भएनन्। वडा मात्रै नभएर यो पालिकामा कांग्रेस र एमालेले कुनै पनि वडा सदस्यसम्म पनि आफ्नो नाममा पार्न सकेनन्।

२०७४ को नतिजा 

स्थानीय निर्वाचन २०७४ मा सुनापाती गाउँपालिकामा माओवादी केन्द्रका धावा लामा ४ हजार ७ सय ३६ मत ल्याई पालिका अध्यक्षमा जित हासिल गरेका  थिए । सो निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका जितेन्द्र कुमार मोक्तानले ३ हजार ९ सय ६६ मत प्राप्त गरि दोस्रो र एमालेका प्रदीप कुमार योञ्जन १ हजार २ सय १ मत ल्याई तेस्रो भएका थिए । त्यसैगरि उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गिता बिष्ट ४ हजार ८ सय २२ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार बिनिता खड्का ३ हजार ७ सय ३३ मत ल्याई दोस्रो र एमालेका उम्मेदवार पासाङ डोल्मा लामा १ हजार १ सय ९९ मत प्राप्त  गरि तेस्रो भएकी थिइन् ।

वडाको अवस्था

२०७४ को स्थानीय निर्वाचनमा सुनापाती गाउँपालिकाको पाँचमध्ये ४ वडा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । वडा नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार चन्देश्वर चौलागाईं १ हजार ३४ मत ल्याई बिजय हुँदा कांग्रेस उम्मेदवार चन्द्रबहादुर लामा ६ सय ८३ मत ल्याई दोस्रो र एमाले उमेदवार गोविन्दप्रसाद चौलागाईं १ सय ५७ मत प्राप्त गरि तेस्रो भएका थिए।

यस्तै वडा नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार कमल केसी ९ सय ३१ मत ल्याई विजय हँुदा कांग्रेसका  ढालबहादुर खपाङ्गी ७ सय २ मत ल्याई दोस्रो र एमाले उम्मेदवार लालबहादुर तामाङ ८६ मत प्राप्त गरि तेस्रो भएका थिए ।

वडा नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार बाबुराम तामाङले ६ सय ६१ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका हस्तबहादुर तामाङ ५ सय ७८ मत ल्याई दोस्रो र एमाले उम्मेदवार ललितकुमार लामा ३ सय ३७ मत ल्याई तेस्रो भएका थिए ।

यसैगरी यो पालिकाको वडा नम्बर ४ स्वतन्त्र (माओवादी बागी) उम्मेदवार खड्गबहादुर घिसिङ १ हजार ३ सय ३१ मत ल्याई विजयी हुँँदा माओवादी केन्द्रका उम्मेदवार पदमबहादुर तामाङ १ हजार १ सय ६७, कांग्रेसका उम्मेदवार विवेक लामा ४७ मत र एमाले उम्मेदवार रामबाबु पाण्डेले २ सय २४ मत प्राप्त गरेका थिए।

वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार ठूलोकान्छा तामाङ ८ सय ४७ मत ल्याई विजयी हुँदा कांग्रेसका उम्मेदवार जनककुमार खड्का ६ सय २५ मत ल्याई दोस्रो र एमाले उम्मेदवार दिवस थापामगर ३ सय ७९ मत प्राप्त गरि तेस्रो भएका थिए ।

२०७९ को सुनापाती 

स्थानीय निर्वाचन २०७९ मा आइपुग्दा यो पालिकामा मतको लेखाजोखा धेरै फेरिएको छैन। २०७४ को स्थानीय निर्वाचनमा जसरी तीन ठुला दल कांग्रेस र माओवादी केन्द्र र एमाले जसरी छुट्टाछुट्टै निर्वाचनमा गएका थिए यो पटक पनि तीनवटै ठूलादलहरु छुट्टाछुट्टै निर्वाचनमा होमिएका छन् । 

सुनापाती गाउँपालिकामा पालिका अध्यक्षमा पदमा माओवादी केन्द्रले तत्कालीन वडा नम्बर ५ का वडा अध्यक्ष ठुलोकान्छा तामाङलाई अघि सारेको छ। 

नेपाली कांग्रेसले पालिका अध्यक्षमा दिपेन्द्र खड्कालाई उतारेको छ भने नेकपा एमालेले यो पालिकामा अध्यक्षको रुपमा ज्ञानकुमार योञ्जनलाई अघि सारेको छ। 

त्यसैगरी यो पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट तत्कालीन उपाध्यक्ष गीता विष्ट, कांग्रेसको तर्फबाट शान्ति मोक्तान र एमालेको तर्फबाट उपाध्यक्षमा रिता गौतम मैदानमा छन् ।

२०७४ को मत परिणामको मतान्तर

२०७४ को स्थानीय निर्वाचनमा दलहरूले पाएको मतको लेखा जोखा गर्दा नेकपा एमाले यो पालिकामा निकै कमजोर देखिन्छ । धेरै वडाहरुमा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारहरुको नै प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ को अध्यक्षमा पाएको ७ सय ७० मतले अघि देखिन्छ । मतदाताको हिसाबले यो अन्तर निक्कै ठूलो अन्तर हो । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्र १ हजार ८९ मतका साथ कांग्रेस उम्मेदवारभन्दा माथि छ। 

वडागत लेखाजोखा 

२०७४ सालको स्थानिय निर्वाचनको मत परिणाम अनुसार वडा नम्बर १ मा माओवादी केन्द्र ३ सय ५१ मतले अघि, वडा नम्बर २ मा २ सय २१ मतले अघि, वडा नम्बर ३ मा माओवादी केन्द्र ८३ मतले अघि, वडा नम्बर ४ मा माओवादी केन्द्र बागि उम्मेदवारको १ हजार ३ सय ३१ मत, माओवादी केन्द्र १ हजार १६७ मत सहित दोस्रो, वडा नम्बर ५ मा माओवादी २ सय २२ मतले अघि रहेको छ। 

२०७९ को निचोड 

स्थानीय निर्वाचन २०७४ मा दलहरूले पाएको मत र अहिलेको अवस्था हेर्दा माओवादी केन्द्रले यो पालिकामा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने देखिन्छ । पहिलो कार्यकालमा राम्रो काम गर्नु, विवादास्पद कार्यहरू नगर्नु, एमाले विभाजन हुनु, नेकपा एकिकृत (समाजवादी) ले माओवादी केन्द्रलाई सघाउने प्रतिवद्धता पत्र सार्वजनिक गर्नु र वडा नम्बर ४ मा स्वतन्त्र निर्वाचन जितेका खड्गबहादुर घिसिङ माओवादी केन्द्रमा संगठित हुनु नै माओवादी केन्द्रका उम्मेदवारको जित सुनिश्चित हुने कारण हुन् भनेर स्थानीय नागरिक बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार