मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

चुनावका लागि नेकपा एस र माओवादीको एउटै घोषणापत्र बनाउने बन्छ- प्रचण्ड

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्नेबारे प्रयास भइरहेको बताएका छन् ।
१७ भाद्र २०७९, शुक्रबार

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग आगामी निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्नेबारे प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार सुर्खेतमा आयोजित पत्रकार भेटघाटका क्रममा अध्यक्ष दाहालले केही दिनभित्रै पार्टी एकता संयोजन समिति गठन गरेर एकताको प्रक्रिया औपचारिक रुपमा सुरु गरिने भन्दै मंसिर ४ गते हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने प्रयास भइरहेको बताएका हुन् । 

‘केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना छ । त्यहाँ घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइरहेको छ‚’ उनले भने ।

यसका साथै आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर अन्य केही पार्टीले पनि निर्वाचनमा जाने भन्नेबारे छलफल भइरहेको भन्दै उनले भने‚ ‘अहिले हाम्रो गठबन्धनभित्र त आ-आफ्नो चुनाव चिह्नबाट नै जानेखालको कुरा भइरहेको छ । केही पार्टी र साथीहरूले चाहिँ माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भन्नुभएको छ । बाबुराम भट्टराईजीको पार्टी‚ बामदेव गौतमजीको पार्टीले पनि मा‌‌ओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्ने भन्नुभएको छ‚’ उनले भने ।

अध्यक्ष दाहालले गठबन्धनभित्र असहमतिको स्थिति नभएको बरु प्रभावकारी ढंगले यसलाई अगाडि लैजाने विषयमा सबै जना प्रतिबद्ध रहेको दाबी गरे ।

कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने प्रश्नमा उनले आफू यसअघि पनि चितवन-३ बाटै उठेको र फेरि पनि सोही स्थानबाट चुनाव लड्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार