नेपालगन्ज । खजुरा गाउपालिकाको सि गाउमा गठबन्धनका उम्मेदवार घरदैलो कार्यक्रममा पुगेका छन् । सि गाउँमा माओवादी केन्द्रतर्फ अध्यक्षका उम्मेदवार तुफान र नेपाली कांग्रेस तर्फका उपाध्यक्षका उम्मेदवार लगायत दर्जनौ नेता कार्यकर्ता सिगाउमा नाच्दै मतदानका लागि आग्रह गरिरहेका छन् ।
गठबन्धनको लहर निकै चलेको नेकपा माओवादी केन्द्रका खजुरा अध्यक्ष राजकुमार बिकले बताउनु भयो । खजुरा गाउपालिकाका गाउँ गाउमा जनताहरु गोलाकर भित्रको हसिया हतौडा र रुखमा मतदान गर्न आतुर भएको सर्वसाधारणहरुले बताउन थालेका छन् । यसरी स्वतस्फूर्त तरिकाले जनताको लहर गठबन्धनको पक्षमा देखिएपछि खजुराको माहोल एकाएक परिवर्तन भएको छ ।
आज आइतबार खजुराका सिगाउ लगायत अधिकांश गाउमा घरदैलो अभियान गर्ने खजुरा गठबन्धन चुनाव प्रचारप्रसार समितिले जनाएको छ । जनाताहरुले हाम्रो नेता तुफान नै हो भनेर स्वयं प्रचारप्रसारमा लागेका छन् भने प्रचारप्रसार गर्ने गठबन्धनका नेता कार्यकर्ताहरुलाइ गाउँ गाउमा स्वागत भएको छ ।