मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीको सपथ आज हुने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।
१४ वैशाख २०८०, बिहीबार

कामाठाडौं । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपगग्रहण गर्दैछन् । बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनलाई कांग्रेसका २७ सहित नेकपा माओवादी केन्द्रकाका ७ जना र स्वतन्त्र सांसद दिपक मनाङे गरि ३५ जनाले समर्थन गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । विश्वासको मत गुमाउँदै नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेशका ८ दलका ५२ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नेपाली कांग्रसेका २७ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टीका ३ जना, जनता समाजवादी पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक जना र एकजना स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थन चौधरीलाई रहेको छ ।

दुबै प्रदेशमा विश्वासको मत गुमाउँदै नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि कांग्रेसले एकैदिन दुई प्रदेशमा आफु नेतृत्वको सरकार गठन गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार