मुख्य समाचार
“सुरक्षित मातृत्व अब गाउँमै : नरैनापुरको नयाँ पहल” | नरैनापुरका बालबालिकाको स्वास्थ्य र अधिकारका लागि १ करोडभन्दा बढीको परियोजना लागू | युनेस्को बाँकेद्धारा राजापुरको भेरी माविमा शौचालय र कक्षा कोठा हस्तान्तरण | बागेश्वरी दोहोरी साँझ : मनोरञ्जनको मञ्चबाट श्रमिकका आवाजसम्मको सांस्कृतिक यात्रा | बाँकेको ग्रामीण विद्यालयमा बिद्युतीय दुर्घटना सचेतना कार्यक्रम सञ्चालन हुने | कुलमानको ‘उज्यालो नेपाल पार्टी’मा को-को छन् ? | "विदेश पठाउने लोभमा ठगीः "हाई ड्रीम ओभरसिजका बिशाल पक्राउ" | नेपालगञ्ज विमानस्थलमा समयअघि अत्याधुनिक टर्मिनल भवन तयार | स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम | ‘बाँकेमा नो–पे, नो–लाइट’ अभियान ः बक्यौता नतिर्ने १८२ को बिजुली काटियो |

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीको सपथ आज हुने

यूथ टुडे समाचारदाता 2979+ समाचार ( )
बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।
१४ वैशाख २०८०, बिहीबार

कामाठाडौं । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपगग्रहण गर्दैछन् । बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा उनलाई कांग्रेसका २७ सहित नेकपा माओवादी केन्द्रकाका ७ जना र स्वतन्त्र सांसद दिपक मनाङे गरि ३५ जनाले समर्थन गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । विश्वासको मत गुमाउँदै नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेशका ८ दलका ५२ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

नेपाली कांग्रसेका २७ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टीका ३ जना, जनता समाजवादी पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक जना र एकजना स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थन चौधरीलाई रहेको छ ।

दुबै प्रदेशमा विश्वासको मत गुमाउँदै नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि कांग्रेसले एकैदिन दुई प्रदेशमा आफु नेतृत्वको सरकार गठन गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार