मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

'मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनु पर्छ' उपमेयर राई

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

बाँके । विभिन्न कक्षामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार बितरण गरिएको छ । 

बाँकेको नेपालगन्जमा रहेको देश कै सबै भन्दा ठुलो मदरसा जामियतुल मदिनामा भएको अर्धवार्षिक परिक्षामा उत्कृष्ट भएका ३७ जना बिधार्थीलाई आज शनिवार एक कार्यक्रमका विच पुरस्कृत गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने भन्दै मुस्लिम समुदाय शिक्षामा निकै पछाडि परेकाले शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापनका लागि तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उपमेयर राईले जामियतुल मदिनाले धार्मिक मात्र नभएर आधुनिक शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै प्रशंसा समेत गर्नु भयो । राईले उत्कृष्ट बिधार्थीहरुलाई बधाई दिदै नगद राशीले सम्मान गर्नु भएको थियो । 

जामा मस्जिद संचालक समिति सदस्य सदस्य मोहम्मद ज्याउहक हल्वाइले भन्नुभयो,“मदरसा शिक्षालाई मूल प्रवाहीकरण वा सामुदायिकीकरण गर्नु राम्रो हो । सरकारले मुस्लिम समुदायको धार्मिक आस्था, मूल्य मान्यताका आधारमा थप व्यवस्थापनको काम गर्नुपर्छ, अन्यथा यसले थप जटिलता निम्त्याउन सक्छ ।”

जामियतुल मदिनामा नेपाली, अंग्रेजी, गणित, विज्ञान विषयका साथै उर्दु, आरबीमा समेत अध्ययन भइरहेको बताउदै मदिनाका धर्म गुरु मुफ्ति फजल हकले भन्नुभयो, मदरसाको विकास, समृद्धि एवम् व्यवस्थित रूपमा अगाडि बढाउन आफुहरु गम्भीर भएर लागेको बताउनु भयाे । उहाले भन्नुभयो, जामियतुल मदिनामा इस्लामीक डिग्री सम्म अध्ययन भइरहेको छ भने नेपाल र भारतका करिब ५ सय भन्दा बढी बिधार्थीहरु अध्ययनरत रहेको जानकारी दिनु भयो । 

अर्धवार्षिक परिक्षामा प्रथम, दृतिय र तृतिय भएका ३७ जना विद्यार्थीहरुलाई उपमेयर कमरुद्दीन राई,अडिटर मोहम्मद जुबेर राई, रेडियो नेपालका संवाददाता आलम खान, मोहम्मद ज्याउहक हल्वाइ, मुस्लिम अगुवा मुस्ताक अन्सारी, हाजी अनिस लगायतले पुरस्कार बितरण गर्नु भएको थियो

। 

प्रतिक्रिया

MD shawaj Raza qadri २९ अशोज २०८१, मङ्गलबार

Mashallah dawateislami zindabad Mashallah kya baat

Hashmat Raza attari २६ अशोज २०८१, शनिबार

Mashallah dawateislami Zindabad

Subahn..Raza २६ अशोज २०८१, शनिबार

RAZA

Tufail Ahmad Attari २६ अशोज २०८१, शनिबार

Thanks 👍

Faizan Dawate Islami Janakpur २६ अशोज २०८१, शनिबार

Yo Good News Ko Dhnne wad Chha

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार