बाँके । जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ५ को जमुनाहा गाउँमा आगलागीबाट प्रभावित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहित दैनिक उपभोग्य वस्तु् सामाग्री सहयोग गरिएको छ ।
कोहलपुर उद्योग वाणिज्य संघ र कोभिड खाद्य बैंक कोहलपुरद्वारा संयुक्त रुपमा प्रभावित क्षेत्रमा पुगेर भिषण आगलागीबाट प्रभावित १२ घर परिवारलाई राहत सामाग्री सहयोग गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल नेतृत्वमा कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराई र भुम बहादुर भण्डारी सहितको वाणिज्य संघ कोहलपुरका पदाधिकारीहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको बिशेष उपस्थितीमा प्रभावित घर परिवारलाई राहत वितरण गरिएको वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए ।