मुख्य समाचार
शान्ति सुरक्षामा प्रहरीको उपस्थिति जनाई प्रमाणमुखी अपराध अनुसन्धान गर्न डिआइजी भट्टको निर्देशन | प्रभावकारी प्रहरी सेवा प्रदान गर्न प्रजिअ जोशीको निर्देशन | जानकीमा १७ हजार गाईभैंसीलाई महामारी विरुद्धको भ्याक्सिन लगाउन सुरु | मलेसिया सरकारले रोजगारदाता परिवर्तन गर्ने | मुस्लिम महिलाहरुलाई नेतृत्व बिकास तालिम | तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुने | सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने | मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति | महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ | हज यात्रीलाई भव्य विदाइ |

पार्टी कार्यालय निमार्णका लागि अक्षयकोषको स्थापना गर्ने जनमतको निर्णय

यूथ टुडे समाचारदाता 2657+ समाचार ( )
दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो ।
५ श्रावण २०८०, मङ्गलबार

काठमाडौँ । जनमतले पार्टी कार्यालय निमार्णका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषमा रकम संकलन गर्न दाताहरुलाई आह्वान गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले बताए । अहिले पार्टी कार्यालय बुद्धनगरमा भाडाको घरमा रहेको छ । अब आफ्नै संरचना बनाउन पार्टी तयार भएको बताइएको छ ।

यस्तै बैठकले पार्टीका विभिन्न तहको बैठकको समय निर्धारित गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुको प्रशिक्षण साउन ८ देखि ९ गतेसम्म धुलिखेलमा राखिएको छ भने साउन ५ गते जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला इन्चार्जहरुको बैठक काठमाडौँमा बोलाइएको छ । साउन १२ गते मधेस प्रदेश समितिको बैठक बर्दिवासमा राखेको छ भने राष्ट्रिय परिषद्को बैठक साउन १७ गते काठमाडौँमा राखेको छ । त्यस्तै साउन १९ गते स्थानीय जनप्रतिनिधिको बैठक काठमाडौँमा राखिएको महासचिव सिंहले जानकारी दिए ।

जनप्रतिनिधि बारेमा जनमत संग्रह गराउने कार्यक्रमलाई पनि बैठकले सारेको छ । यसअघि साउन ६ गतेका लागि तोकिएको थियो । त्यसलाई साउन २७ र भदौ २ गतेका लागि निर्धारण गरिएको छ । केन्द्रीय सचिवालय र जिल्ला कार्यकारिणी पदाधिकारीको बैठक हरेक आइतबार गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार