मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

खरेललाई जिताउन ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
बाँके निर्वाचन क्षेत्र ३ (१) बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ (१) को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए ।
१३ कार्तिक २०७९, आइतबार

बाँके । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल (आइपी) लाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । 

बाँके निर्वाचन क्षेत्र ३ (१) बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ (१) को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए ।             

खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने रहेका छन ।

त्यसैगरी, बैठकले अन्य पार्टीहरुसङ्ग बार्ता/सम्बाद गर्नका लागि कृष्णबहादुर घर्तीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीको सदस्यहरुमा राजमोहन चौधरी, पदम सिंह ठकुरी, आकाश सन्ज्याल र रिमलाल गिरी रहेका छन ।

बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य अन्जना चौधरी (अर्पणा), उषा पुन (पार्वती), नरेन्द्र न्यौपाने तथा प्रदेश कमिटीका सदस्य तिर्थराज ज्ञवाली, परमानन्द वर्मा लगायतको उपस्थिती रहेको नेता खरेलले जानकारी दिए ।

उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले आइपी खरेललाई आधिकारिक टिकट दिएर उम्मेदवार बनाएपनि पार्टीका केही स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रको उक्त निर्णयको बिपरित स्वतन्त्र उम्मेदवार बनेका दलबहादुर सुनारलाई साथ दिने बताएका थिए । केहिदिन अगाडि मात्रै सुनार माओवादी पार्टी प्रवेश समेत गरिसकेका छन । माओवादीका केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज पुर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर बिक (तुफान) को उपस्थितिमा सुनार पार्टी प्रवेश गरेका थिए ।                  

सो क्षेत्रबाट २०७४ को निर्वाचनमा आईपी खरेल बिजयी बनेका थिए । अहिलेको निर्वाचनमा पनि पार्टीले सोही निर्वाचन क्षेत्रबाट टिकट दिएर उम्मेदवार बनाएपछि खरेल निर्वाचनमा होमिएका हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार