मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

जेनजी प्रकरण : बाँकेमा आगजनी–लुटपाट, दोषीलाई तत्काल कारबाही गर्न एमालेको माग

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार
बाँके १ मंसिर । नेकपा एमाले, बाँकेले जेनजीको नाममा भदौ २४ गते विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय, बाँकेमा आज सोमबार ज्ञापनपत्र बुझाएको छ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामाङलाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष गुरुङले घटनामा संलग्नहरुलाई “समाज र कानुन दुवैका लागि चुनौती” भन्दै तत्काल नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्न आग्रह गर्नुभयो ।
गुरुङले भन्नुभयो, “जेनजीको नाम दुरुपयोग गर्दै गरिएको तोडफोड, लुटपाट र आगजनीले राज्यको संरचना मात्रै होइन, सर्वसाधारणमा समेत त्रास फैलाएको छ। अपराधी जोसुकै भए पनि कारबाही हुनैपर्छ।”
भदौ २४ मा जेनजीको नाममा बाँकेको नरैनापुर गाउँपालिका सहित सरकारी तथा गैरसरकारी कार्यालय, एमाले र कांग्रेसका पार्टी कार्यालयमा समेत तोडफोड, आगजनी र लुटपाटका घटनाहरू भएका थिए ।
प्रमुख जिल्ला अधिकारी तामाङले घटनाबारे प्रशासन गम्भीर रहेको बताउँदै भन्नुभयो,“नरैनापुरसहित केही महत्वपूर्ण स्थानमा आगजनी गर्नेहरूविरुद्ध उजुरी दर्ता भइसकेको छ । प्रहरी प्रशासनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि निर्देशन दिइएको छ । बाँकी व्यक्तिहरूको पहिचान पनि द्रुत गतिमा भइरहेको छ ।” दोषीलाई कानुन बमोजिम कारबाही गर्ने प्रजिअ तामाङले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन हल्वाइले घटनालाई योजनाबद्ध आपराधिक क्रियाकलाप भन्दै कडा शब्दमा आलोचना गर्नुभयो । उहाँले भन्नुभयो,
“जेनजीका नाममा हिंसात्मक घटनामा संलग्न आपराधिक समूहलाई तत्कालै कारबाही नगर्ने हो भने एमाले चुप बस्दैन। राज्यले यस्ता गतिविधिलाई न त प्रोत्साहन दिन सक्छ, न त सहन ।”
एमालेले बुझाएको ज्ञापनपत्रमा दोषीको द्रुत पहिचान, राजनीतिक आड आवरणबाट मुक्त अनुसन्धान र प्रभावित संरचनाको सुरक्षालाई प्राथमिकतामा राख्न प्रशासनलाई आग्रह गरिएको छ।
यो घटनापछि बाँकेमा अधिकारकर्मी, स्थानीय तह र सर्वसाधारणले समेत सुरक्षा व्यवस्थामा कडापन आवश्यक रहेको आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार