तारा एयरको जहाज दुर्घटना: ५ सदस्यीय ‘दुर्घटना जाँच आयोग’ गठन

यूथ टुडे समाचारदाता 3452+ समाचार ( )
वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।
१६ जेठ २०७९, सोमबार

काठमाडौं । तारा एयरको जहाज दुर्घटनाको कारण पत्ता लगाउन सरकारले ५ सदस्यीय ‘दुर्घटना जाँच आयोग’ गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने जाँच आयोगका सदस्य रहेका छन् ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त भएको थियो ।

आइतबार नै दुर्घटना भएको भए पनि खराब मौसका कारण सोमबार बिहान मात्र दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको थियो । विमानमा चालक दलका ३ सहित २२ जना सवार थिए । दुर्घटनामा २२ जनाकै मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार