मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

आन्दोलनरत शिक्षक र सरकारबीच भएको वार्ता निष्कर्षविहीन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
४ अशोज २०८०, बिहीबार

काठमाडौं- सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ।

पुनः छलफलमा बस्नेगरी आज बिहानको वार्ता बिनानिष्कर्ष टुंगिएकाे हाे।

आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ८ बजेदेखि वार्ता सुरु भएको थियाे। एक घन्टाभन्दा बढी छलफल भए पनि दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता बिनानिष्कर्ष टुंगिएकाे हाे।

वार्ताका क्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए। उनले जायज माग सम्बाेधन हुने आश्वासनसमेत दिए।

गृहमन्त्री श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी सरकारकाे तर्फबाट वार्तामा बसेका थिए भने आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए।

संसदमा पेस भएको शिक्षा विधेयक हुबहु पारित नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार विशाल र्‍याली गरेकाे थियाे।

महासंघकाे र्‍यालीले माइतीघरदेखि बानेश्वरसम्मको यातायात ठप्प भएकाे थियाे।

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध गर्दै देशभरका गरी करिब एक हजार शिक्षक र्‍यालीमा सहभागी भएका थिए। सरकारले वार्ताका लागि आह्वान गरेकाे भए पनि उनीहरू आन्दोलित भएका हुन्।

शिक्षा मन्त्रालयले वार्ताका लागि गरेको आग्रह आफूहरूलाई अमान्य रहेको महासंघको भनाइ थियाे।

विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार