बाँके । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तीकारीको डुडुवा गाउँपालिका स्तरीय कमिटी गठन भएको छ ।
डुडुवा गाँउपालिका कमिटीको बुधबारभएको विस्तारित बैठकले दिपशिखा दाहाल विष्टको अध्यक्षतामा ५० सदस्यीय समिति चयन भएको हो । समितीको उपाध्यक्षमा निर्माला चमार, पुनम बुढाथोकी,सचिवमा दिपीका विक, सहसचिवमा निरुता विक र कोषाध्यक्षमा मणिशा बाढा चयन भएका छन् । भने सदस्यहरुमा सुकुराली शेष, हास्मा शेष, फूलमाया बिक,मणिशा थापा, इरदा शाही,तुलसी चन्द पिष्ट,रोशनी क्षेत्री लगाएत सदस्य रहेका छन् ।
नव गठित अनेमा संघ क्रान्तीकारीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रको तीन महिने पार्टी रुपान्तरण अभियानका इन्चार्ज लुम्बिनी कमिटीका सचिवालय सदस्य नबिन शर्माले सपथग्रहण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इन्चार्ज शर्माले माओबादी केन्द्रले सुरु गरेको तिन महिने रुपान्तरण अभियानलाई जनयुद्धकालीन स्टाइलमामा संचालन गर्न अनेमा संघ क्रान्तीकारीलाई आग्रह गर्दै अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व यो अभियानबाट हुने जिकिर गरे । उनले सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने अभियान जनजन सम्म पुर्याउन सुझाव दिएका थिए । कार्यक्रममा माओवादी नेतृ रेणुका खड्का बिष्ट लगायतको सहभागिता रहेको थियो ।