मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि बिशेष बजेटको व्यवस्था गर्ने अध्यक्ष शाहको प्रतिबद्धता
२४ माघ २०८१, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा छैठौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नरैनापुर गाउँपालिकामा रहेको रंगशाला मैदानमा आज बिहिबारबाट सुरु भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको छ । 

उद्घाटन गर्दै अध्यक्ष शाहले दुर्गम स्थानमा भएपनि पालिकाले शैक्षिक गुणस्तरीय वृद्धि र खेलकुद प्रवद्र्धनका निम्ति निरन्तर लागि परेको बताउनु भयो । उहाँले नरैनापुरको समृद्धिको विभिन्न आयाम मध्ये खेलकुद एक रहेको उल्लेख गर्दै विद्यालय विभिन्न क्लबका माध्यम बाट युवाहरूलाई खेलप्रति आकर्षित गर्ने कार्य गरेको जिकिर गर्नु भयो । 

अध्यक्ष शाहले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयस्तरमा खेल पूर्वाधारको विकासका लागि आफूले बिशेष बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  

उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन अध्यक्ष शाहले अपिल गर्नु भयो । ग्रामीण क्षेत्रमा खेल सञ्चालन गर्दा स्थानीय स्तरमा नयाँ खेल प्रतिभा पहिचानका लागि रनिङ शिल्ड एक माध्यम बनेको गाउँपालिका अध्यक्ष शाहको भनाई थियो । अध्यक्ष शाहले विद्यार्थीलाई अनुशासित मर्यादित र मेहनतका साथ खेल प्रदर्शन गर्न आग्रह गर्नु भयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन आधारभूत तहको १५ खेल सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिनुभयो । 

प्रतियोगिता अवधिभर छात्र–छात्रा भलिबल, एथलेटिक्सतर्फ एक सय, दुई सय, चार सय, आठ सय र तीन हजार मिटर दौड प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । 

त्यस्तै हाइजम्प, सटपुट लगायतका खेलहरू गरी कुल १३ खेल समावेश गरिएको उहाँले बताउनुभयो । प्रतियोगितामा गाउँपालिका भरिका ११ वटा प्राथमिक विद्यालय, मरसा र माध्यमिक विद्यालयको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष शाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, शिक्षा शाखा प्रमुख चौधरी, विपद शाखा प्रमुख भरत महतो, पालिका खेलकुद बिकास समिति संयोजक इन्द्र बहादुर यादव, शिक्षा शाखाका प्राबिधिक कमल केसी लगायतको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।  कार्यक्रम शनिबार समापन हुने प्राबिधिक कमल केसीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार