मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

जिप दुर्घटनामा ११ जना घाइते

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

अछाम । विद्यार्थीको जिल्ला सम्मेलनका लागि अछाम सदरमुकाम मङ्गलसेन जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्ड अन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । 

जिल्ला डडेलधुरा नवदुर्गा गा.पा.४ बस्ने वर्ष अं. ४२ को लक्ष्मण साउँदले चलाएको सु.प.प्र. ०१००१ ज.१२३८ नं.को जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा ११ जना सवारमध्ये ८ जना घाइते भएका छन् । 

घाइतेहरूलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाम पठाइएको छ भने चालक प्रहरीको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चौरपाटी-१ का १९ वर्षीया कल्पना थापा, देवकी थापा १८ वर्षीया लक्ष्मी साउँद, साँफेबगर-४ का १७ वर्षीया पूजा सुनार छन् ।  

यस्तै, चौरपाटी-२ का २९ वर्षीय लोकेन्द्र बहादुर साउँद, १८ वर्षीय तुल्सी साउँद, १८ वर्षीय प्रेम साउँद, १८ वर्षीय प्रीति साउँद छन् । घाइतेहरूको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । 

चौरपाटी गाउँपालिकाबाट सुप प्र ०१००१ ज १२३८ नम्बरको तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा सहभागी हुन चौरपाटी गाउँपालिकाका विद्यार्थीलाई लिएर जाँदै थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार