मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |
मुख्य समाचार
पाँच बुँदे सार्वजनिक प्रतिबद्धतासहित जानकी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न | गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग |


मापदण्ड बिना चलिरहेको कत्था उद्योगको अनुगमन

यूथ टुडे समाचारदाता 3320+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

बाँके । बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा सञ्चालनमा रहेको शिव कत्था उद्योगबाट निस्किएको फोहोर पानी र लेदो नहरमा मिसाइँदा आसपासका बस्तीमा तीव्र दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। उद्योगले कच्चा पदार्थ प्रशोधनपछि निस्किने केमिकलयुक्त पानी सिधै सिक्टा नहरमा मिसाइदिँदा जानकी गाउँपालिका मात्र होइन, नेपालगन्ज आसपासका बस्तीसमेत प्रभावित भएका हुन् ।

दुर्गन्धका कारण मानव स्वास्थ्यका साथै चराचुरुङ्गी र घरपालुवा जनावरमा समेत असर परेको स्थानीयले बताएका छन् । समस्या बढेपछि जानकी गाउँपालिका–५ का वडा अध्यक्ष टिकानाथ यादवको पहलमा गाउँपालिका अध्यक्ष छब्बन खाँको नेतृत्वमा उद्योगको स्थलगत अनुगमन गरिएको हो ।

स्थानीय राधा देवी विष्टका अनुसार उद्योगबाट निस्किने लेदो सिधै नहरमा मिसाइँदा त्यसको दुर्गन्ध टाढाटाढासम्म फैलिएको छ । “न्यूनतम मापदण्ड नै पूरा नगरी सञ्चालन गरिएको उद्योगका कारण वरपर बस्नै नसक्ने अवस्था छ,” उनले भनिन्, “दुर्गन्धका कारण विभिन्न रोग फैलिने जोखिमसमेत बढेको छ, त्यसैले तत्काल समाधान खोज्नुपर्छ।”

स्थानीयले उद्योगले रातिको समयमा विषाक्त लेदो नहरमा मिसाउने गरेको आरोपसमेत लगाएका छन्। उनीहरूका अनुसार उद्योग सञ्चालकले स्थानीयको गुनासो र आग्रहलाई बेवास्ता गर्दै आएका छन् ।

अनुगमनपछि कुरा गर्दै जानकी–६ का वडा अध्यक्ष जगदीश प्रसाद हरिजनले दुर्गन्धका कारण घरभित्र बस्नसमेत कठिन भएको बताए। “दुर्गन्धले खाँदाखाँदैको खाना पनि छोड्नुपर्ने अवस्था छ,” उनले भने, “घरमा बस्न र खेतवारीमा काम गर्नसमेत समस्या भएको छ।” उनले उद्योगलाई नहरमा फोहोर पानी नखसाल्न आग्रह गरिएको जानकारी दिए ।

अनुगमनका क्रममा उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) नगरेको र फोहोर पानी प्रशोधनका लागि आवश्यक ट्रिटमेन्ट प्लान्टसमेत नराखेको पाइएको गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकारी दिए । पालिकाको निर्देशन अवज्ञा गरे वातावरण संरक्षण ऐन, २०७७ को दफा १३ (१) बमोजिम उद्योग सञ्चालनमा रोक लगाउने चेतावनी पनि उनले दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका अनुसार उद्योग निकै पुरानो भए पनि अहिले आसपासमा बस्ती विस्तार भइसकेकाले समस्या झन् बढेको छ । “उद्योग खुलेको समयमा त्यहाँ बस्ती थिएन, अहिले जनसंख्या र घरधुरी बढेपछि उद्योगका कारण धेरै मानिस प्रभावित भएका छन्,” उनले भने । स्थानीयले उद्योग सार्नुपर्ने मागसमेत गरिरहेका छन् ।

वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले उद्योगले सावधानी नअपनाउँदा आसपासका बस्तीका साथै महेन्द्रराजमार्ग भएर यात्रा गर्ने यात्रुहरू पनि दुर्गन्धबाट प्रभावित भएको बताए । नहरको पानी खाने गाईवस्तुमा समेत समस्या देखिन थालेको उनको भनाइ छ ।

अनुगमन टोली उद्योग पुगेका बेला उद्योग सञ्चालक उपस्थित नभएको बताइएको छ । टोलीले उद्योगका कामदारसँग कुरा गर्दै सञ्चालकलाई गाउँपालिकामा उपस्थित भई छलफल गर्न निर्देशन दिएको छ ।

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा नं. ६ का अध्यक्ष जगदीश प्रसाद हरिजन, सूचना प्रविधि अधिकृत विकास जिसी, सामाजिक विकास समिति संयोजक रामअचल धोबी, वडा सदस्य अजमत अली साईसहित पालिका कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो ।

स्थानीयका अनुसार कत्था उद्योगबाट फैलिने दुर्गन्धको समस्या नयाँ भने होइन । हरेक वर्ष समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधानको माग स्थानीयले गर्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार