काठमाडाैँ । नवनर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । निर्वाचन आयोगले चुनावी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएपछि संसद सचिवालयले चैत १२ गते शपथ ग्रहणको तयारी अगाडि बढाएको हो ।
संसदको परम्परा र नियम अनुसार जेष्ठ सदस्यले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएपछि बाँकी सदस्यहरुलाई संसद भवनमा सपथ ग्रहण गराउने परम्परा छ ।
यसपटक नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले जेष्ठ सदस्यका रुपमा सांसदहरुलाई सपथ ग्रहण गराउने भएका छन्। उनी ७८ वर्षका जेष्ठ सदस्य हुन् ।