बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ । घरदैलो स्वास्थ सेवा हरेक महिनाको दुई दिन नियमीत सञ्चालन गरिँदै आएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको स्वास्थ्य संयोजक शाहले बताउनु भयो ।
नागरिकले घरआगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहको भनाई । अधिकांश नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम सुरु गरिएको हो। नरैनापुर -१ कटकुइयाँका ९१ वर्षीय लहरी चमारले भन्नुभयो, ‘यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो, तर आजभोलि घरमै आएर उपचार दिनथालेपछि सरकार घरआगनमै आएको महशसुस भएको छ।’ उहाँले भन्नुभयो, ‘उपचार गर्न घरमा आएका कटकुइयाँका बरिष्ठ हेल्थ असिस्टेन्ट माधव अधिकारीले सान्त्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहित भएको छु।’
यस्तै नरैनापुर -१ मंझ्रेटीकि ८० वर्षिय रज्जा अहिरनले भन्नुभयो, ‘यसरी घरमै पुगेर यस्तो सेवा पाउँला भन्ने सोचेको थिइएन तर पछिल्लो समय यो सेवा पाउँदा सारै खुशी भएको छु।’ उहाँले भन्नुभयो, ‘हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक बिरामीका लागि सहज भएको छ।’ स्वास्थ्य चौकी कटकुइयाले सञ्चालनमा ल्याएको घरदैलो कार्यक्रममा अहिलेसम्म १०० नागरिकले सेवा पाएको बरिष्ठ हेल्थ असिस्टेन्ट अधिकारीले जानकारी दिनु भयो ।
उक्त वडामा १२ सयभन्दा बढी घरधुरी रहेको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले स्वास्थ्यकर्मी घरदैलोमा पुुगेर बिरामीको उपचार गर्ने, औषधि उपलब्ध गराउने र दीर्घरोगीलाई गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा निःशुल्क औषधि वितरण गर्दै आएको बताउनु भयो।
यस्तै सुत्केरी र नवजात शिशुमा बिभिन्न खालका रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले घरमै स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको स्वास्थ्य चौकीकि अनमि अस्मिता भारतीले बताउनु भयो । भारतीका अनुसार सुत्केरी पश्चात हुने सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी यो कामको थालनी गरिएको हो । कटकुइयाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना गुरुङले भन्नुभयो, "पालिकाको सबै भन्दा दुर्गम ठाउँ भनेको वडा नं १ हो , भारतीय सिमा संग जोडिएको गाउँहरु धेरै छन्, जनचेतनाको कमिका कारण पहिला घरमा नै सुत्केरी गराउने गरेका थिए भने गाउँ घर क्लिनिकलाई निरन्तरता दिए पछि घरमा सुत्केरी गराउने केशहरु पनि शुन्य जस्तै भएको छ ।" उहाँले भन्नुभयो, 'सुत्केरी हुन सवै स्वास्थ्य चौकिमा नै आउने गरेका छन ।' सुत्केरी पछि रगत बग्ने, ज्वरो आउने, बच्चाको स्वास्थ्य अवस्थाको bout जानकारी लिनको लागी हामीले नियमित रुपमा सुत्केरीको घरमै पुगेर चेकजाँच गर्न सुरु गरेको अनमि गुरुङले जानकारी दिनु भयो ।
गर्भवती महिलालाई नियमित चेकजाँच र पोषिलो खाने कुरा आइरन चक्की दिने गरेका छौँ नियमित गर्भ परिक्षण सेवाले मातृ मृत्युदर घटाउन सहयोग अनमि भारतीको भनाई छ । ‘गर्भवती महिलाको निःशुल्क गर्भ परिक्षण सेवा ‘नेपाल सरकारको प्रोटोकल अनुसार सुत्केरी भएको २४ घण्टा ३ दिन र ७ दिनमा जाँच गराउनु पर्ने भएकाले दुर्गमताका कारण स्वास्थ्य संस्था जान नसक्ने भएकाले आमा र शिशुको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घर घरमा पठाईएको स्वास्थ्य संयोजक शाहले बताउनु भयो ।
स्वास्थ्य संस्थाले घरमै स्वास्थ्य सेवा दिदा निकै सहज भएको स्थानीयहरुले बताए । गाउँघरबाटै स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य अवस्था प्रतिको डर, त्रास पनि कम भएको स्थानीय मिना चमारको भनाइ छ ।
Narendrapur ke Chaha Khabar ka samachar
Narendrapur ke Chaha Khabar ka samachar