मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

एमसीसीको व्याख्यात्मक टिप्पणी के हो ?

महमूद आलम खान 1133+ समाचार ( )
लामो समयको विरोधपछि नेकपा माओवादी केन्द्र एमसीसी अनुमोदानका लागि तयार भएको छ । तर, माओवादी निशर्त तयार भएको भने होइन ।
१५ फाल्गुन २०७८, आइतबार

काठमाडौं । लामो समयको विरोधपछि नेकपा माओवादी केन्द्र एमसीसी अनुमोदानका लागि तयार भएको छ । तर, माओवादी निशर्त तयार भएको भने होइन ।

माओवादीले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने निर्णय गरेको हो । माओवादीको निर्णयसँगै सत्तारुढ गठबन्धनले पनि व्याख्यात्मक निर्णयसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेता अहिले ‘व्याख्यात्मक टिप्पणी’ तयार पार्न जुटेका छन् ।

के हो व्याख्यात्मक टिप्पणी ?

व्याख्यात्मक टिप्पणीमा ‘एमसीसी विशुद्ध आर्थिक सहयोग रहेको र यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन’ भनेर स्पष्ट उल्लेख गरिनेछ । त्यतिमात्र होइन, उक्त टिप्पणीमा ‘यो परियोजना नेपालको संविधानभन्दा माथि हुने छैन’ भन्नेसमेत लेखिने छ ।

व्याख्यात्मक टिप्पणी एमसीसीकै अंग

माओवादी नेता इन्द्र आङ्बो ‘मौसम’का अनुसार व्याख्यात्मक टिप्पणी एमसीसीकै अंगको रुपमा संसदबाट पारित हुनेछ । एमसीसीकै अंगको रुपमा पारित हुने र उक्त परियोजना नेपालको संविधानभन्दा माथि हुन नसक्ने व्याख्याले जनमानसमा रहेको आशंका निवारण हुनेछ । उनले भने– ‘व्याख्यात्मक टिप्पणीका कारण एमसीसीमा जे खतरा देखिएको थियो त्यो सबै खतरा समाप्त हुन्छ । एमसीसी एउटा सहयोग परियोजनाको रुपमा मात्र संसदबाट पारित हुनेछ ।’

मान्ला त एमसीसीले ?

सत्तारुढ दलले टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेतापनि एमसीसीले उक्त टिप्पणीमा उल्लेख हुने विषय स्वीकार गर्ने या नगर्ने आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

सत्तारुढ दलले यसअघि नै टिप्पणीसहित पारित गर्न सकिन्छ भन्दै एमसीसीलाई जानकारी गराइसकेको छ । एमसीसीले पनि यस विषयमा सकारात्मक प्रतिकृया दिएको बुझिएको छ ।

एमसीसीले व्याख्यात्मक टिप्पणी स्वीकार गरे नेपालमा कार्यान्वयन हुनेछ । यदि, एमसीसीले उक्त व्याख्यामा असहमति जनाए नेपालमा एमसीसीको च्याप्टर क्लोज हुनेछ ।

सरकारले आजै संसद बैठकबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने तयारी थालेको छ । सोही तयारीअनुरुप सत्तारुढ गठबन्धनले टिप्पणीसहित पारित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार