मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

अस्पतालमा आगलागी हुँदा १ जनाको मृत्यु

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
अस्पतालका अनुसार डायलाइसिसका क्रममा रगतको कमी भएका दासलाई आगलागी हुनुअघिदेखि रगत चढाउनेक्रम भइरहेको थियो ।
२९ चैत्र २०७९, बुधवार

सिरहा । सिरहा बजारस्थित प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी भएको छ । बुधबार दिउँसो आगलागी भएपछि भागाभाग हुँदा अस्पतालमा डायलाइसिस गराइरहेका सिरहा बरियारपट्टीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको छ ।

डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएकाे थियो ।

अस्पतालका अनुसार डायलाइसिसका क्रममा रगतको कमी भएका दासलाई आगलागी हुनुअघिदेखि रगत चढाउनेक्रम भइरहेको थियो । आगलागी हुन थालेपछि स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिँदा अत्यधिक रक्तस्राव भएपछि गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सो अस्पतालले आइतबार र बुधबार डायलासिस गर्दै आएको छ । आगलागीको समयमा आठजना बिरामीले डायलाइसिस गराइरहेका थिए । अस्पतालका सूचना अधिकारी अशोक सिंहका अनुसार जेनेरेटर चल्ने क्रममा बुधबार दिउँसो पौने दुई बजेतिर आगलागी भएको थियो । आगलागीको क्रममा भागदौड हुँदा अत्यधिक रक्तस्रावका कारण गम्भीर भएका दासको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको सिंहले जानकारी दिए ।

सिरहा नगरपालिकाको बारुण यन्त्र, स्थानीय र नेपाल प्रहरीले आधा घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । आगलागीबाट १३२ केबीको जेनेरटर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार