मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

महमूद आलम खान 1133+ समाचार ( )
वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारूढ गठबन्धनले चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरिसकेको छ ।
५ वैशाख २०७९, सोमबार

काठमाडौं । महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । यहि वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारूढ गठबन्धनले चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरिसकेको छ ।

महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा बस्न लागेका हुन् ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि दलहरुलाई महानगर र उपमहानगरको भागबन्डा मिलाउन सकस भइरहेको छ । सोमबार दिनभर छलफल भए पनि सहमति जुट्न सकेन ।

आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजे सुरु हुनेछ । कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो (सोमबार)को बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने बताए ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभर पटकपटक बसेको बैठक विनानिष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार