मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

कात्तिक अन्तिम वा मंसिर पहिलो सात संसदीय निर्वाचन हुने

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
संसदीय निर्वाचनमा पनि गठबन्धन कायम रहे ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आंकलन गरेको एमाले निर्वाचन केही समय पछि धकेलेर वातावरण अनूकुल बनाउने योजनामा छ ।
१८ जेठ २०७९, बुधवार

काठमाडौं । स्थानीय तह निर्वाचन सकिएसँगै राजनीतिक दल संसदीय निर्वाचनको तयारीमा जुटेका छन् । मुख्य त सत्तारुढ दल संसदीय निर्वाचनको अनौपचारिक छलफलमा जुटेका हुन ।

यो वर्ष निर्वाचन वर्ष नै भएकाले राजनीतिक दल निर्वाचनको तयारीमा जुट्नुलाई सामान्य नै मान्नु पर्ने हुन्छ ।

तर, संवैधानिक व्यवस्था अनुसारको मितिमा निर्वाचन हुन्छ या हुन्न भन्ने मुख्य कुरा हो । वर्तमान संघीय संसदको आयु पाँच वर्षको भएकाले पाँच वर्ष पुरा भएपछि निर्वाचन गर्ने या त्यसअघि नै गर्ने भन्नेमा राजनीतिक दल आफू अनूकुल समय खोजिरहेका छन् ।

पछिल्लो पटक २०७४ सालमा मंसिर १० र २१ गरी दुई चारमा संसदीय निर्वाचन सम्पन्न भएको थियो । यसको आधारमा मंरिस २१ भित्र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।

तर, कतिपय राजनीतिक दल भने अघिल्लो निर्वाचनमा निर्वाचित सांसदले सपथ लिएको मितिलाई आधार मानेर निर्वाचन गर्नुपर्ने धारणा राख्न थालेका छन्  ।

अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम निक्कै ढिलो मात्र प्रकाशन गरेका कारण निर्वाचित सांसदहरूले फागुन २० गतेदेखि कार्य प्रारम्भ गरेका थिए । यसैलाई आधार मानेर अबको निर्वाचन गर्दा हुने कतिपयको राय रहेको छ ।

मुख्य त प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन पछि धकेल्ने पक्षमा देखिन्छ । ताजा जनमत भन्दै आएको एमाले स्थानीय तह निर्वाचनको परिणामका कारण छिटो निर्वाचन गर्नु प्रतिकूल हुने बुझाइमा छ ।

संसदीय निर्वाचनमा पनि गठबन्धन कायम रहे ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आंकलन गरेको एमाले निर्वाचन केही समय पछि धकेलेर वातावरण अनूकुल बनाउने योजनामा छ ।

प्रमुख प्रतिपक्षी दल एमाले निर्वाचन थोरै भए पनि पछि धकेन्ल चाहन्छ । तर, सत्तारुढ दल भने संवैधानिक व्यवस्था भन्दा अगाडि नै निर्वाचन गर्न चाहन्छ । अगाडि असम्भव नभए अघिल्लो मितिमै गर्नुपर्ने सत्तारुढ दलको चाहना रहेको छ ।

जति ढिलो हुन्छ त्यति नै गठबन्धनमा खतरा आइलाग्ने विश्लेषण गरेका माओवादी र एकीकृत समाजवादीलाई जतिसक्दो छिटो निर्वाचन होस भन्ने लागेको छ । त्यसैले अघिल्लो निर्वाचनकै मितिमा संसदीय निर्वाचन हुनुपर्ने यी दलको धारणा रहेको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबार सत्तारुढ दलको बैठक बसेको थियो । बैठकमा संसदीय निर्वाचनको मितिबारे पनि छलफल भएको बुझिएको छ ।

सत्तारुढ दलको बैठकमा आगामी कात्तिक २७ वा मंसिर ४ गते संसदीय निर्वाचन गर्नु उपयुक्त हुने विषयमा छलफल भएको थियो । तर, यो छलफलले औपचारिकता पाएको छैन ।

संवैधानिक व्यवस्थाअनुसार संकटकालीन अवस्थाको घोषणा वा आदेश लागु रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधिसभाको कार्यकालमा नबढ्ने गरी समय थप गर्न सकिन्छ । तर, अहिले त्यस्तो अवस्था छैन ।

नेपालको परम्परा हेर्ने हो भने संवैधानिक व्यवस्था भए पनि दलीय सहमतिका आधारमा अनेक उपाउ खोज्ने चलन छ । तर, यसपटक त्यस्तो हुने देखिन्न । किनकी, सत्तारुढ दलको चाहना समयमै निर्वाचन रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार