मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

सांसदहरूद्वारा बहुविवाहसम्बन्धी प्रस्तावित कानुनबारे स्पष्टीकरण माग

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार  चौरसियाको जवाफ माग गर्नुभएको छ ।

सांसदहरूले मुलुकी देवानी संहिता ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन बन्न लागेको भनेर आएको विषयमा स्पष्ट जवाफ दिन सरकारसँग माग गर्नुभएको हो ।

बैठकमा नेकपा एमालेका सचेतक सुनिता बराल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सचेतक रुपा शोशी चौधरीले बहुविवाह असामाजिक र गैर कानुनी विषय भएकाले कानुन निर्माणका सन्दर्भमा यस्ता विषयमा संवेदनशील बन्नुपर्ने भन्दै कानुन मन्त्री चौधरीसँग प्रस्तावित कानुनका विषयमा जवाफ माग गर्नुभयो ।

सांसदहरूले किसानहरूको लामो समय देखी खेप्दै आएका मल, बिउ, सिँचाई लगायतका समस्या समाधान गरी कृषिको विकास र कृषकको उत्थानका लागि आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले सरकारले तराई मधेसलाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गरे पनि राहतका कार्यक्रमहरू घोषणा नगरेको, विद्युत्को व्यवस्था, बोरिङ, डिप ट्युबवेल मर्मत हुन नसकेका कारण समस्या बढिरहेको बताउनुभयो ।

सांसदहरूले किसानको समस्याका बढिरहेको, तराई मधेसमा पानीका मुहान सुक्दै गएका कारण सिँचाई खानेपानी समस्या भएको भन्दै तत्काल राहतको व्यवस्था र दीर्घकालीन समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसदहरूले विर अस्पतालमा ६ महिनादेखि डाक्टरहरू भोलेन्टियरका रूपमा काम गरिरहेको र भोलेन्टियरमार्फत अस्पताल चलिरहेको भन्दै अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्न माग गर्नुभयो ।

यसैबिच, भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छन् । 

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा र राप्रपाले ७० दिनदेखि संसद् बहिष्कार गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाले आफ्ना विषय राख्ने, सदनबाट बाहिरिने गरेर संसद्को दुरुपयोग गरिरहेको भन्दै त्यस्ता क्रियाकलाप नरोकिए आफूहरू त्यसका विरुद्ध उत्रिन पर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार