बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं ७ मा स्वास्थ्य केन्द्रको भवन निर्माणको काम अन्तीम चरणमा पुगेको छ । समग्र विकास, आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र नमूना वडा बनाउने लक्ष्यका साथ वडा नं. ७ मा स्वास्थ्य केन्द्रको स्थापना गरिएको वडा अध्यक्ष जुम्मन खाँले बताउनु भयो ।
युथ टुडे संग कुरा गर्दै अध्यक्ष खाँले भन्नुभयो, वडावासीले स्वास्थ्य सेवा आफ्नै गाउँघरबाट सहज रूपमा पाऊन् भन्ने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गरेको छु । उहाँले भन्नुभयो, जिल्लाकै नमुना तथा समृद्ध वडा निर्माण गर्ने सोचलाई साकार पार्न कम्तिमा ५० वर्षसम्म उत्तिकै सान्दर्भिक हुने पुर्वाधारका जगहरु निर्माण सफल भएको बताए ।
निर्वाचनको क्रममा मतदाता माझ गरेको प्रतिबद्धतालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै अध्यक्ष खाँले भन्नुभयो कतिपय अवस्थामा प्राथमिकताहरु फेरिदा रहेछन । मुलरुपमा प्रतिबद्धता गरिएका भन्दा बढी काम गरेको अनुभुति गरेका छु । जनताको शासक होइन सेवक बन्छु भनेको थिए सोही अनुरुप आज सेवा प्रवाहमा कुनै कन्जुस्याइँ गरेका छैन । अल्पकालिन योजना अन्तरगत तत्काल आवश्यक पर्ने कामहरु सहज रुपमा सम्पादन भइरहेका छन् । वडाबाट दिनुपर्ने सेवाहरु सहज र चुस्त तरिकाले सेवाग्राहीलाई दिने, भैपरि आउने कामहरु तदारुकताका साथ गर्ने, शिक्षा, स्वास्थ्यहरुको आधारभूत कामहरु, खानेपानी सिँचाईका कामहरु माग र आवश्यकताका आधारमा गरिरहेको जानकारी दिनु भयो ।
अध्यक्ष खाँले सवल, सक्षम, समृद्ध र नमूना वडा बनाउने मेरो सपना हो । मसँग काम गर्ने ऊर्जा छ, निर्दिष्ट योजना छ, वडाको विकास गर्ने परिकल्पना छ, कामप्रति लगाव र इमान्दारिता छ ,सामाजिक न्याय र समानताको वकालत गर्ने क्षमता रहेको जिकिर गर्नु भयो ।