मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

हज यात्रामा रहेकि बाँकेकी सायर बानु सैयदको मृत्यु

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
६ असार २०८१, बिहीबार

काठमाडौं । हजयात्राका लागि साउदी अरबको मक्का मदिना गएकी एक नेपालीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । साउदीस्थित महावाणिज्यदूतावासका अनुसार बाँकेकी सायर बानु सैयदको मृत्यु भएको हो ।

मुस्लिम समुदायको पवित्र तीर्थयात्रा साउदी अरबको मक्कासम्मको हजका क्रममा यस वर्ष ५६२ तीर्थयात्रीको मृत्यु भएको छ । केही तीर्थयात्री अझै बेपत्ता रहेको र केहीको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मक्कामा ५१.८ डिग्री सेल्सियससम्मको तापक्रम रहेको र हिट स्ट्रोक तथा गर्मीजन्य अन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनुपरेको रोयटर्सले जनाएको छ । चरम गर्मी, शारीरिक थकान, ठूलो जमघटलगायत कारण हजयात्रामा जोखिम थपेको जनाइएको छ ।

इजिप्टले हजयात्रामा गएका आफ्ना ३ सय ७ नागरिकको मृत्यु भएको र ११८ जना हराइरहेको जनाएको छ । यस्तै ६८ जना भारतीय, १६५ जना इन्डोनेसियाली, जोर्डनका ४१, ट्युनिसियाका ३५ र इरानका ११ नागरिकले हजका क्रममा ज्यान गुमाएका छन् ।

साउदी अधिकारीहरुले पर्याप्त पानी पिउन, छाता ओढ्न तथा दिउँसोको समयमा बाहिर ननिस्कन हजयात्रीहरुलाई सचेत गराएका छन् । हजयात्रीलाई आवश्यक सहयोग गर्न ठूलो संख्यामा चिकित्सकीय टोली र स्वयंसेवक खटाइएको हज अधिकारीहरुले बताएका छन् । गर्मी छल्न कुलिङ सेन्टर, हाइड्रेसन प्वाइन्ट, पानीको फोहरालगायतको व्यवस्था गरिएको जनाइएको छ ।

यस वर्षको हजयात्राका लागि विश्वभरका १८ लाखभन्दा बढी इस्लाम धर्मावलम्बी मक्का पुगेको साउदीका अधिकारीहरुले जनाएका छन् । नेपालबाट पनि बर्सेनि सयौं मानिस हजयात्रामा जाने गर्छन् । अघिल्लो शुक्रबार अर्थात् जुन १४ मा सुरु भएको हजयात्रा बुधबार अर्थात् जुन १९ मा सकिएको छ । इस्लामिक क्यालेन्डरका आधारमा हजको मिति तय गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार