बाँके । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका १९ को वडा अध्यक्ष पदका उम्मेदवार शम्भु नाथ योगीले शुभकामना सन्देश दिनुभएको छ ।
वडा अध्यक्षका उम्मेदवार योगीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।
यस्तै माओवादी केन्द्रकि जिल्ला समन्वय समिति बाँके कि सदस्य एंव नेपालगञ्ज १९ कि इन्चार्ज मिना मल्ल पुनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको बताउदै शुभकामना व्यक्त गर्नु भयो । उहाँले स्थानीय निर्वाचनमा माओवादीलाई विजय गराउन समेत आग्रह गर्नु भयो।