मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


बाँके २ मा चुनावी तराजु कुनतर्फ? अनुभव, परम्परा र युवा लहरबीच कडा प्रतिस्पर्धा

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
३० माघ २०८२, बिहीबार

बाँके । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बाँके निर्वाचन क्षेत्र नं. २ को राजनीतिक तापक्रम दिनानुदिन बढ्दै गएको छ। चोक–चौतारीदेखि चिया पसल, घरआँगनदेखि सामाजिक सञ्जालसम्म एउटै जिज्ञासा गुञ्जिरहेको छ—यसपटक बाँके–२ को चुनावी तराजु कसतर्फ झुक्दै छ?

यस क्षेत्रको प्रतिस्पर्धा मूलतः तीन उम्मेदवारमा केन्द्रित देखिन्छ। नेपाली कम्युनिस्ट पार्टीबाट युवा उम्मेदवार दिपेन्द्र बिष्ट, नेकपा एमालेबाट पूर्व मन्त्री मो. इस्तियाक राई, र नेपाली कांग्रेसबाट सुधान्सु कोइराला चुनावी मैदानमा छन्। अन्य उम्मेदवारहरू पनि छन्, तर राजनीतिक चर्चा, रणनीति र समीकरण यिनै तीन वरिपरि घुमिरहेको छ।

युवा लहर कि परम्परागत आधार?

पछिल्ला दिनहरूमा सबैभन्दा बढी दृश्य उपस्थितिमा देखिएका उम्मेदवार हुन्—दिपेन्द्र बिष्ट। उहाँको चुनावी शैली परम्परागत सभा–सम्मेलनभन्दा फरक देखिन्छ। खेतमा किसानसँगै बसेर मल–बीउको अभाव सुन्ने, टोलमा युवासँग रोजगारी र सीप विकासबारे बहस गर्ने, ज्येष्ठ नागरिकसँग सामाजिक सुरक्षाका विषयमा छलफल गर्ने—यी गतिविधिले उहाँलाई ‘घरदैलोमै भेटिने नेता’ को छवि दिएको स्थानीयहरू बताउँछन्।

नयाँ अनुहार भए पनि निरन्तरको सक्रियता र प्रत्यक्ष संवादले विशेषगरी युवापुस्तामा आकर्षण बढ्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। कतिपयले यसलाई “बाँके–२ मा देखिएको नयाँ लहर” को रूपमा व्याख्या गरेका छन्।

अनुभवको बलमा इस्तियाक

उता, मो. इस्तियाक राई अनुभव र संगठनात्मक संरचनाको बलमा चुनावी मैदानमा उत्रिनुभएको छ। पूर्व मन्त्रीको रूपमा काम गरिसक्नुभएका राईसँग पार्टीको बलियो संरचना र परम्परागत मत आधार रहेको मानिन्छ। समर्थकहरू उहाँको अनुभवलाई विकास र पहुँचको ग्यारेन्टीका रूपमा प्रस्तुत गर्छन्।

तर लामो राजनीतिक यात्रासँगै जनअपेक्षा पनि बढेको हुन्छ। केही मतदाताले निरन्तरता र अनुभवलाई प्राथमिकता दिएका छन् भने केहीले परिवर्तनको चाहना व्यक्त गर्न थालेका छन्। यही द्वन्द्वले प्रतिस्पर्धालाई झनै रोचक बनाएको छ।

कांग्रेसको ऐतिहासिक पहिचान

सुधान्सु कोइराला भने नेपाली कांग्रेसको ऐतिहासिक विरासत बोकेर चुनावी मैदानमा हुनुहुन्छ। कांग्रेसको परम्परागत मत आधार केही क्षेत्रमा अझै प्रभावशाली मानिन्छ। तर पछिल्ला वर्षहरूमा स्थानीय संगठनको सक्रियता, जनसम्पर्कको तीव्रता र मतदातासँगको सम्बन्धले कति प्रभाव पार्ला भन्ने प्रश्न उठिरहेको छ।

कोइरालाको रणनीति मुख्यतः पार्टीको विश्वसनीयता र लोकतान्त्रिक मूल्यमा आधारित देखिन्छ।

बाँके–२ शहरी र ग्रामीण दुवै स्वरूप बोकेको क्षेत्र हो। त्यसैले यहाँका मुद्दा पनि विविध छन्।

शहरी क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र सुशासन प्रमुख एजेन्डा बनेका छन्।

ग्रामीण क्षेत्रमा कृषि उत्पादन, सिँचाइ सुविधा, सडक पहुँच र बजार व्यवस्थापन प्राथमिकतामा छन्।

मतदाता अब केवल नाराभन्दा व्यवहारिक योजना र कार्यान्वयन क्षमतामा बढी चासो राख्न थालेको स्थानीय विश्लेषकहरू बताउँछन्।

निर्णायक मोडमा बाँके–२

समग्रमा, बाँके–२ को चुनावी समीकरण अहिले निर्णायक मोडमा उभिएको छ। एकातिर अनुभव र परम्परागत आधार, अर्कोतिर युवा सक्रियता र परिवर्तनको संकेत—यी दुई धारबीच प्रतिस्पर्धा चर्किँदै गएको छ ।

विशेषगरी दिपेन्द्र बिष्टको बढ्दो घरदैलो अभियान र जनसमर्थनले चुनावी तराजु क्रमशः नयाँ दिशातर्फ झुक्न सक्ने संकेत देखिएको आकलन भइरहेको छ। तर अन्तिम निर्णय भने मतदाताको हातमा नै सुरक्षित छ।

अब हेर्न बाँकी छ—बाँके–२ मा अनुभव भारी पर्ला कि युवा लहरले इतिहास रच्ला ? यसको जवाफ निर्वाचन परिणामले मात्र दिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार