मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

सर्लाही घटनामा सांसद खानको पहलमा मुस्लिम सांसदहरुद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

काठमाडौं ।   जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष एवम् उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खानको पहलमा बिभिन्न दलका मुस्लिम सांसदहरुले सर्लाहीको मलंगवा घटनाप्रति चासो देखाएको छन्  । सभापति खानको नेतृत्वमा मुस्लिम सांसद साथै मुस्लिम अगुवाहरुको टोली आज उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ संग भेट गरी उक्त घटनामा गम्भीर बन्न आग्रह गर्दै मलंगवामा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

भेटमा गृहमन्त्री श्रेष्ठले अशान्ति फैलाउन खोज्नेहरुको पहिचान गरी तत्कला कारवाही गर्ने र सामुदायिक सदभावका लागि गृह प्रशासनका तर्फबाट पहल भइरहेको जानकारी गराएका थिए । 

सभापति खानले धार्मिक सहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइ समाजमा शान्ति र अमनचयन कायम गर्न गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

खानले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुको धर्म र आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न अपिल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार