मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

समायोजन मिलान भएका स्वास्थ्यकर्मीहरुलाई स्थानीय तहबाटै तलब भत्ता खुवाउन मन्त्रालयको निर्देशन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले समायोजन मिलान गरी कार्यरत स्वास्थ्यकर्मीहरुलाई कतिपय पालिकाहरुले फिर्ता गर्न थालेको भन्ने सुनेको भन्दै त्यसो नगर्न पालिकाहरुलाई अनुरोध गरेको छ।
३० श्रावण २०७९, सोमबार

काठमाडौं- स्वास्थ्य मन्त्रालयले समायोजन मिलान गरी कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्थानीय तहहरुले फिर्ता गर्न थालेको गुनासो आएको भन्दै त्यस्ता कर्मचारीको तलब भत्ता सम्बन्धित पालिकालाई दिन आग्रह गरेको छ।

मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले समायोजन मिलान गरी कार्यरत स्वास्थ्यकर्मीहरुलाई कतिपय पालिकाहरुले फिर्ता गर्न थालेको भन्ने सुनेको भन्दै त्यसो नगर्न पालिकाहरुलाई अनुरोध गरेको छ। 

मन्त्रालयले पालिकाहरुलाई सुरु समायोजन वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकाहरुमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई सम्वन्धित पालिकारुले यथावत जिम्मेवारीमा राखी आवश्यक तलव भत्ता पालिकाहरुबाटै गर्न भनेको छ।।

मन्त्रालयले कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलव्ध गराउँदा स्वीकृत दरबन्दी भित्रको रिक्त पद तथा तहको लागि मात्रै उपलव्ध गराउन भनेको छ।

यसैगरी सहमतिको आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी हुन गएमा सम्वन्धित पालिकाहरु नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दी भन्दा बढी कर्मचारीको लागि थप तलव भत्ता वापतको रकम मन्त्रालयबाट निकासा नहुने भनिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार