मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान
विगतमा गरेको गल्ती अब पार्टीले नगर्ने माओवादी बाँकेका अध्यक्ष जेम्सको भनाइ

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

 बाँके । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा आज वडा भेला तथा बिस्तारित बैठक सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको प्रमुख आतिथ्यमा वडा नं १२ बेलासपुरको पिपल चौतारामा उक्त कार्यक्रम भएको हो ।

विगतमा गरेको गल्ती अब पार्टीले नगर्ने बताउदै प्रमुख अतिथि जेम्सले भदौ १६ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडाबाट एकैपटक देशभरका वडामा विशेष रुपान्तरण अभियानको उद्घाटन गर्नुहुने अध्यक्ष जेम्सले बताउनुभयो । 

देशमा परिवर्तन गरेको र देशमा भ्रष्टाचारको अन्य, जातीय विभेदको अन्त, समाजमा परिवर्तन गर्न सक्ने अरु कुनै पार्टी नभएर माओवादी केन्द्र मात्र भएको बताउदै जेम्सले अहिले देशका पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रत्येक वडा वडामा जनतासँग पार्टी भएको बताउदै देशलाई अस्थिरताबाट बचाउन सक्ने क्षमता माओवादी केन्द्रमा मात्र रहेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का पार्टीका वडा अध्यक्ष तिरथ राम चिडिमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष रतन बहादुर शाही, नगर सदस्य अर्जुन कार्की, शिला श्रेष्ठ, मिना डाँगी, सूचना प्रविधि संयोजक दिपेन्द्र बिष्ट, नगर सदस्य पवन शर्मा, नेपाल जनसांस्कृतिक महासंघ बाँकेको अध्यक्ष गणेशा कार्की, त्यसैगरी यो ३ महिने अभियानमा वडा नं १२ को इन्चार्जको जिम्मेवारी पाउनु भएको नगर सदस्य तारा कुमारी रोकाय लगायत वडा बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार