मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

विद्यार्थी संग प्रदेश सभा सदस्य अम्बिका काफ्ले

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
विद्यार्थीहरुसँग सामाजिक अध्ययन बिषयको संघीयता शिर्षक पाठका सम्बन्धमा छलफल
२ श्रावण २०८०, मङ्गलबार

नेपालगन्ज । लुम्बिनी प्रदेश समानुपातिक सांसद अम्बिका काफ्लेले विद्यार्थीहरुलाई संघीयता सम्बन्धि सिकाउनु भएको छ । सांसद काफ्लेले आज मंगलबार नेपालगन्ज-१९ शान्तिनगर स्थित ब्रीटिस अग्रेजी स्कुलका माध्यमिक स्तरीय विद्यार्थीहरुसँग सामाजिक अध्ययन बिषयको संघीयता शिर्षक पाठका सम्बन्धमा छलफल गर्नुभएको हो ।        

सांसद काफ्लेले राजनीतिक दल भनेको के हो ? संघीयता के हो ?संघीय र प्रदेश सरकारका काम कर्तव्यहरु के के हुन ? बजेट भनेको के हो ? संघीयताका फाईदा र बेफाइदाको बारेमा छलफल गर्नु भएको थियो। विद्यार्थीहरुले निकै उत्सुकता पुर्वक सुनेको सो विद्यालयका प्रधानाध्यापक हेमन्त काफ्लेले बताउनु भयो । विद्यार्थीका कौतुहल्ता मेट्ने र प्रदेश र संघको बारेमा जानकारी दिलाउन सांसद काफ्लेलाई बिधालयमा बोलाएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले बताउनु भयो ।    

विद्यार्थीहरुले आफ्नो देश, आफ्नो भूगोल , आफ्नो प्रदेश सांसदको बारेमा बुझ्नु पर्छ र यसरी विद्यार्थीलाई प्रत्येक्ष भेटेर आफ्नै काम कर्तव्यका बारेमा सिकाउन पाउँदा आनन्द लागेको सांसद काफ्लेले बताउनु भयो । १० कक्षाका सिमरन पौडेलले आफुनो प्रदेश र संघको काम कर्तव्यको बारेमा लागेको खुल्दुली मेटिएको र संघीयताका फाईदा बेफाइदा र बजेट के हो ? कसरी बनाईन्छ ?, मुख्य मन्त्री कसरी छानिन्छ ? मन्त्रीहरुको काम कर्तब्यको बारेमा सिक्न पाएको नयाँ अनुभव भएको सुनाउनु भयो त्यस्तै १० कक्षा कै छात्र रमेश ओलिले आफुले प्रदेशको काम कर्तव्य र संघीय सरकारको बारेमा जानकारी पाएकोले निकै खुशी भएको बताउनु भयो । 

यसरी आफ्ना जनप्रतिनिधिहरुलाई प्रत्येक्ष विद्यार्थीहरुसँग भेट गराएर उनका मनमा जागेका अनेकौ खुल्दुली मेटाउने र विद्यार्थीलाई प्रेरणा मिल्ने प्रधानाध्यापक काफ्लेले बताउनु भयो । प्रअ काफ्लेका अनुसार यस खालका कक्षा पटक पटक गर्न सके विद्यालयलाई नै फाइदा हुने बताउनु भयो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार