मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

विद्यार्थी संग प्रदेश सभा सदस्य अम्बिका काफ्ले

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
विद्यार्थीहरुसँग सामाजिक अध्ययन बिषयको संघीयता शिर्षक पाठका सम्बन्धमा छलफल
२ श्रावण २०८०, मङ्गलबार

नेपालगन्ज । लुम्बिनी प्रदेश समानुपातिक सांसद अम्बिका काफ्लेले विद्यार्थीहरुलाई संघीयता सम्बन्धि सिकाउनु भएको छ । सांसद काफ्लेले आज मंगलबार नेपालगन्ज-१९ शान्तिनगर स्थित ब्रीटिस अग्रेजी स्कुलका माध्यमिक स्तरीय विद्यार्थीहरुसँग सामाजिक अध्ययन बिषयको संघीयता शिर्षक पाठका सम्बन्धमा छलफल गर्नुभएको हो ।        

सांसद काफ्लेले राजनीतिक दल भनेको के हो ? संघीयता के हो ?संघीय र प्रदेश सरकारका काम कर्तव्यहरु के के हुन ? बजेट भनेको के हो ? संघीयताका फाईदा र बेफाइदाको बारेमा छलफल गर्नु भएको थियो। विद्यार्थीहरुले निकै उत्सुकता पुर्वक सुनेको सो विद्यालयका प्रधानाध्यापक हेमन्त काफ्लेले बताउनु भयो । विद्यार्थीका कौतुहल्ता मेट्ने र प्रदेश र संघको बारेमा जानकारी दिलाउन सांसद काफ्लेलाई बिधालयमा बोलाएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले बताउनु भयो ।    

विद्यार्थीहरुले आफ्नो देश, आफ्नो भूगोल , आफ्नो प्रदेश सांसदको बारेमा बुझ्नु पर्छ र यसरी विद्यार्थीलाई प्रत्येक्ष भेटेर आफ्नै काम कर्तव्यका बारेमा सिकाउन पाउँदा आनन्द लागेको सांसद काफ्लेले बताउनु भयो । १० कक्षाका सिमरन पौडेलले आफुनो प्रदेश र संघको काम कर्तव्यको बारेमा लागेको खुल्दुली मेटिएको र संघीयताका फाईदा बेफाइदा र बजेट के हो ? कसरी बनाईन्छ ?, मुख्य मन्त्री कसरी छानिन्छ ? मन्त्रीहरुको काम कर्तब्यको बारेमा सिक्न पाएको नयाँ अनुभव भएको सुनाउनु भयो त्यस्तै १० कक्षा कै छात्र रमेश ओलिले आफुले प्रदेशको काम कर्तव्य र संघीय सरकारको बारेमा जानकारी पाएकोले निकै खुशी भएको बताउनु भयो । 

यसरी आफ्ना जनप्रतिनिधिहरुलाई प्रत्येक्ष विद्यार्थीहरुसँग भेट गराएर उनका मनमा जागेका अनेकौ खुल्दुली मेटाउने र विद्यार्थीलाई प्रेरणा मिल्ने प्रधानाध्यापक काफ्लेले बताउनु भयो । प्रअ काफ्लेका अनुसार यस खालका कक्षा पटक पटक गर्न सके विद्यालयलाई नै फाइदा हुने बताउनु भयो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार