मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

७५ परिवारलाई त्रिपाल वितरण

Youth Today News 1+ समाचार ( )
९ असार २०८१, आइतबार

नेपालगन्ज । बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका –१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

गत बुधबार आएको भीषण हावाहुरीका कारण कोहलपुर नगरपालिकाको वडा १५ मात्र ७५ घरमध्ये केहीका छाना उडेका थिए । केहीका पर्खाल भत्किएर घर ढलेका थिए । 

हावाहुरीबाट क्षति भएर खुला आकाशमुनि बस्न बाध्य पीडित वडावासीलाई ८२ हजार ५०० रुपियाँ बराबरको त्रिपाल वितरण गरिएको वडा १५ का वडा अध्यक्ष दीपेन्द्रकुमार चौधरीले बताउनुभयो । 

उहाँले भत्किएका र छाना उडेका घरमा त्रिपाल तानेर बसोबास गर्न सहज होस् भन्ने उद्देश्यका साथ त्रिपाल वितरण गरिएको बताउनुभयो । असार ५ गते राति आएको हावाहुरीका कारण कोहलपुरमा मात्र १०० बढी घर भत्किएको, एउटा उद्योगको पर्खाल भत्किएर एक जना महिलाको मृत्यु भएको छ । नौ जना घाइते भएको कोहलपुर नगरपालिकाको प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार कोहलपुर १४ मा सबैभन्दा बढी क्षति भएको छ भने कोहलपुर १५ र १० मा क्षति भएको छ । घरको छाना उडेका वा पर्खाल भत्किएका पीडितलाई खाद्यान्न तथा अन्य भाँडाकुडालगायतका सामग्री आवश्यक परेको हुँदा जिल्लामा रहेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई सहयोग गर्न अपिल गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार